टेनिस खेलका विश्वका नम्बर १ खेलाडी जोकोभिचलाई कोरोना पुष्टि

एजेन्सी , टेनिस खेलका विश्वका नम्बर १ खेलाडीलाई कोरोना पुष्टि भएको छ । विश्वव्यापी भएको कोरोनाले विश्वभरकै खेलाडीलाई पनि प्रभाव पारिरहेको छ । उनी टेनिस खेलीडीमा कोरोना पुष्टि हुने चौथो हुन् । यस अघि ३ जना टेनिस खेलाडीलाई कोरोना पुष्टि भइसकेको छ ।

टेनिस खेलाडीको रुपमा विश्व वरीयतामा नं १ मा रहेका जोकोभिचलाई कोरोना पुष्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसअघि ग्रिगर डिमिट्रोभ, बोर्ना सरिक र भिक्टर त्रोइकीलाई पनि कोरोना पुष्टि भएको थियो ।

जोकोभिचसँगै उनकी श्रीमतीमा पनि कोरोना पुष्टि भएको समाचारमा खुलाईएको छ । क्रोएसियाको जादरमा भइरहेको एड्रिया टुर टेनिस रद्द भएपश्चात् सर्बियाको बेलग्रेड फर्किएका पति पत्नीको कोरोना परिक्षण गरिएको थियो । त्यसको जानकारी जोकोभिचको आधिकारीक वेभसाइटमा पनि उल्लेख गरिएको छ ।

वेभसाइटमा विज्ञप्ती सार्वजनिक गर्दै खेलाडीले आफु र पत्नीलाई कोरोना पुष्टि भएको उल्लेख गरेका छन् । तर उनीहरुका छोराछोरीमा भने कोरोना पुष्टि भएन ।
विज्ञप्तिमा जोकोभिचले थपेका छन्, ‘बेलग्रेड आइपुगे लगत्तै हामी परिवारका सबै परीक्षणका निम्ति गयौँ, जसमा मेरो र उनको पोजेटिभ आयो जबकि हाम्रा छोराछोरीको भने नेगेटिभ आएको छ’

फेब्रुअरीदेखि यता विश्वव्यापी फैलिएको कोरोनाका कारण अहिले कुनै एटीपी टुरअन्तर्गतका टेनिस प्रतियोगिताहरु भएका छैनन् र क्रोएसियामा भइरहेको सो एड्रिया टुर टेनिस एटिपीअन्तर्गतको प्रतियोगिता भने होइन । कोरोना पछि सुरु भएका खेल प्रतियोगितामध्ये एक रहेको सो प्रतियोगिता यसअघि अर्का खेलाडी डिमिट्रोभलाई कोरोना पोजिटिभ देखिएपछि रद्द गरिएको थियो । एजेन्सी।

यो पनि पढ्नुसस्( बर्दियाको बारबर्दिया नगरपालिकाले हरित कृषि क्रान्ति ल्याउने गरी नीति तथा कार्यक्रम पारित गरेको छ । “हरित कृषि क्रान्तिका माध्यमबाट विकास र समृद्धि हुने नीति तथा कार्यक्रमले जोड दिएको छ”, नगर प्रमुख दुर्गा वहादुर थारुले भन्नुभयो, “पचास प्रतिशत अनुदानमा कृषकलाई मल, वीउ र कृषि उपकरण वितरण गर्ने नीति नगरपालिकाले लिएको छ ।”

नगरपालिकाको सातौं नगरसभाबाट पारित गरेको रु ७८ करोड ८२ लाख ५० हजार बजेटसहितको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्दै उहाँले कृषि उत्पादनलाई आधुनिकीकरण गर्न उन्नत जातको वीउ बिजन, कृषि औजार र सामग्रीहरु कृषक तथा कृषक समूहहरुलाई निःशुल्क तथा लागत साझेदारीमा वितरण गरी कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने नीति लिएको बताउनुभयो ।