कोरोनाको माहामारीको बेला ग्रीनकार्ड जोगाउन अमेरिका पुगेका सरोज खनाल श्रीमती र नातिसँग रमाउँदै, भन्छन्, ‘जसले जे भने पनि यो समय परिवारसँग बिताउन उचित सम्झिएँ ।

काठमाडौं चैत २७ – करिव ५ बर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा अभिनेता सरोज खनालले बुढ्यौली समय स्वदेशमा बिताउन फर्किएको बताएका थिए । उक्त समय टेलिभिजन कार्यक्रममा प्रस्तोताले नेपाल बृद्धाआस्रम हो र भनेर प्रश्न गरेको बिषय निकै बिवादमा चर्चामा छाएको थियो ।

उक्त बिवाद पछि अभिनेता सरोज खनालले अवको समय समय आफ्नो देश नेपालमै कलाकारिता गरेर बस्ने बताएका थिए । सोही कारणले पनि धेरै निर्माताले उनलाई फिल्मको अफर समेत लगातार दिए । तर, अहिले आएर अभिनेता फेरि केहिदिन अघि अमेरिका उडेका छन् । अमेरिकी सरकारले बिदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको कारण सरोज पनि आइतबार अमेरिका उडेका थिए ।

अमेरिकाको ग्रीनकार्डका कारण उनी अहिले अमेरिका उडेको बुझिएको छ । अमेरिकाको सुख सुबिधा छाडेर श्रीमती सहित नेपाल फर्किएको बताएर सो समय सबैको सहानुभुतिका पात्र बनेका सरोज अहिले फेरि अमेरिका उडेका हुन् ।