यि ब्यवसायीले गरे प्रेमिका मिलाइदिनेलाई २८ लाख पुरस्कार दिने घोषणा

एजेन्सी । विश्वमा कहिले काँही मानिसलाई अचम्म बनाउने समाचार सार्वजनिक हुन्छन् । सामान्य भन्दा असामान्य ब्यवहार र शैलीले मानिसलाई अचम्म बनाउँछ । हालै अमेरिकाका एक ब्यक्तिले गरेको घोषणाले पनि सबैलाई अचम्म बनाएको छ । एक अमेरिकी व्यवसायीले आफुलाई प्रेमीका मिलाइनेलाई २८ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

ब्यवसायीक जिवनमा निकै ब्यस्त रहने उनले आफुलाई मायाको साथ चाहिएको बताएका छन् । एक्लोपनवाट आजित भएका उनी प्रेमिकाको खोजिमा छन् । तर आफै प्रेमिकाको खोजिका लागि पनि उनीसंग समय छैन । त्यसैले उनले पैसाको सहारा लिएका छन्

जेफ गेबहार्ट नामक व्यवसायीले प्रेमीका खोजिदिने व्यक्तिलाई २५ हजार डलर अर्थात करीब साढे २८ लाख नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । उनको यो घोषणा पछि सामाजिक सञ्जालमा मिश्रित प्रतिकृया आएका छन् । उनलाई माया गर्ने होइन पैसा आवश्यक पर्नेले साथ दिने भन्दै प्रतिकृया दिएका छन् ।

जेफले प्रेमिका खोज्न डेटिङ वेबसाइटमा विज्ञापन गरेपनि अनलाइन डेटिङमा मन टु’टेको बताएका छन् । उनले आफूलाई आवश्यक पर्ने प्रेमिकाको विशेषता पनि खुलाएका छन । आफूसँग प्रेम गर्ने खुला दिल, माया र मस्तीमजाक गर्ने हुनुपर्ने उनले बताएका छन । कतिले उनको यो स्टाटस र विज्ञापन प्रति सहानुभुती पनि जनाएका छन् ।

उनले भनेका छन् राम्रो र नराम्रो पक्षसँग माया गर्ने प्रेमिका खोजिरहेको छु, मलाई प्रेमीका खोज्न सघाउनेलाई म वाचा अनुसारको रकम दिन तयार छु । यो अभियान कहिलेसम्मका लागी हो भनेर उनले खुलाएका भने छैनन् ।