कोभिड १९ बाट मृ’त्यु भएकाको शव व्यवस्थापनमा चुनौती, कसैले जिम्मा नलिँदा शव अलपत्र हुन थाल्यो

काठमाडौँ जेठ २० , सरकारले समयमै स्पष्ट कार्यविधि जारी नगर्दा मुलुकमा कोरोना भाइरस संक्रमणबाट निधन भएकाहरुको शव व्यवस्थापन र अन्तिम संस्कारमा ठूलो चुनौती देखिएको छ। त्यसले थप संक्रमणको जोखिम समेत बढाएको छ। सरकारद्वारा गठित कोभिड(१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर ९सीसीएमसीले०ले संशोधन गरी पठाएको कोरोना भाइरस संक्रमणबाट निधन भएकाहरुको शव व्यवस्थापन र जिम्मेवारी बाँडफाँट सम्बन्धी कार्यविधि संशोधन गरेर स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएकोमा करिब दुई महिना बितिसक्दा पनि मन्त्रालयले स्वीकृत नगर्दा समस्या निम्तिएको हो।

स्पष्ट कार्यविधिको अभावले स्थानीय तह, सम्बन्धित अस्पताल व्यवस्थापन पक्ष, नेपाल प्रहरी र नेपाली सेनाबीच एक अर्काको भर पर्ने र आस गर्ने स्थिति देखा परेको छ। त्योसँगै कोरोना भाइरस संक्रमणबाट निधन भएकाहरुको शव लामो समयसम्म अलपत्र पर्न थालेका छन्। यसअघि कोरोना भाइरस संक्रमणका कारण सम्भावित निधन लाई ध्यानमा राख्दै तयार पारिएको कार्यविधि शव व्यवस्थापनमा मात्रै केन्द्रित भएको र त्यसमा जिम्मेवारी बाँडफाँडबारे स्पष्टता नभएकाले सीसीएमसीले कार्यविधि संशोधनसहित स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयल पठाएको थियो।

सचिवले बेवास्ता गरेपछि अड्किएको कार्यविधि स् स्वास्थ्य मन्त्रालयमा रहँदा सचिव यादव कोइराला अनेकौँ विवादमा तानिए। यो कार्यविधि मन्त्रालयमै अड्किनुमा पनि उनको हात रहेको मन्त्रालयका एक उच्च अधिकरी बताउँछन्। ती अधिकारी भन्छन्, ‘कार्यविधिमा शव व्यवस्थापनको जिम्मेवारी स्थानीय तह र अस्पताल प्रशासनलाई बढी दिइएको थियो। प्रहरी र सेनालाई एस्कर्टिङको भूमिका दिइएको छ। त्यसमा चित्त नबुझेपछि सचिव कोइरालाले स्वीकृत गर्न आनाकानी गरिरहनु भएको थियो। त्यही बेला उहाँको सरुवा भयो। नयाँ आउनु भएका सचिवले त्यसबारे चासो राख्नु भएको छ। अब स्वीकृत होला भन्ने अपेक्षा गरेका छौँ।’

यसअघिको कार्यविधिमा कोरोना भाइरसको संक्रमणबाट निधन भएकाको शव जथाभावी सद्गत गर्न नहुने, सामान्यतया पोष्टमार्टम गर्न नपर्ने, पोष्टमार्टम गर्न परेमा मृतकको फोक्सो तथा अन्य अंगमा संक्रमण रहिरहने भएकाले सचेत भएर गर्नुपर्ने, शवलाई धेरै चलाउन नहुने, शवको कुनै भागबाट रक्तश्राब भएमा त्यसलाई सावधानीपूर्वक बन्द गर्नुपर्ने जस्ता व्यवस्था गरिएको थियो।

संशोधित कार्यविधिमा सम्बन्धित स्थानीय निकाय, अस्पताल व्यवस्थापन पक्ष, स्थानीय प्रहरीको सहयोगबाट मृतक शरीर सुरक्षित ‘प्याक’ गरी अन्तिम संस्कारका लागि सम्बन्धित स्थानमा लैजान भनिएको छ। कार्यविधिअनुसार उपचारका क्रममा अस्पतालमा संक्रमितको निधन भएमा अस्पताल व्यवस्थापन पक्ष र क्वारेन्टिन या अन्य स्थानमा निधन भएमा सम्बन्धित स्थानीय निकायले शव ‘प्याक’ गरेर एम्बुलेन्समा राख्नुपर्नेछ। त्यसका लागि अस्पताल र स्थानीय तहका जनप्रतिनिधिलाई तालिम समेत दिइएको छ।

तर अहिले अस्पताल प्रशासन र स्थानीय निकाय नेपाली सेना र प्रहरीको भर परेको देखिन्छ। शव ‘प्याक’ गर्ने, उठाएर एम्बुलेन्समा हाल्ने जस्ता कामबाट सम्बन्धित अस्पताल व्यवस्थापन र स्थानीय तहका प्रतिनिधि पन्छिएपछि नेपाली सेना र प्रहरी आफैले त्यसमा सहयोग गर्दै आएका छन्। तर यो सधैँभरी सम्भव नहुने नेपाली सेनाका एक उच्च अधिकारी बताउँछन्।

सेनालाई गृहमन्त्रालयको परिपत्र स् हालै कोरोना भाइरस संक्रमणका कारण निधन भएका बुङमतिका ५६ वर्षीय पुरुषको शव ललितपुरको किष्ट मेडिकल कलेजबाट उठाएर एम्बुलेन्समा राख्न करिब २० घण्टा लाग्यो। जेठ १४ गते साँझ उनको निधन भएको केहीबेरमै १२ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयलाई आधार मान्दै गृहमन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको समन्वयमा ती पुरुषको शव व्यवस्थापन गर्न परिपत्र पठायो।

‘सेनालाई गृहमन्त्रालयले सेनलाई परिपत्र गर्न मिल्दैन। त्यसका आधारमा हामीले काम गर्न मिल्दैन। रक्षा मन्त्रालयबाट आदेश आएपछि मात्रै हामीले काम गर्ने हो, शव व्यवस्थापनका लागि सेनासँग कति जनशक्ति छरु सेनाले सबै ठाउँमा पुगेर यो सेवा दिन सक्छ कि सक्दैनरु यसबारे सरकारले अध्ययन गर्नुपर्छ।’

सेनाका ती अधिकारी भन्छन्, ‘सेनालाई गृहमन्त्रालयले सेनलाई परिपत्र गर्न मिल्दैन। त्यसका आधारमा हामीले काम गर्न मिल्दैन। रक्षा मन्त्रालयबाट आदेश आएपछि मात्रै हामीले काम गर्ने हो, शव व्यवस्थापनका लागि सेनासँग कति जनशक्ति छरु सेनाले सबै ठाउँमा पुगेर यो सेवा दिन सक्छ कि सक्दैनरु यसबारे सरकारले अध्ययन गर्नुपर्छ।’ नभन्दै किष्ट मेडिकल कलेजको व्यवस्थापन शव व्यवस्थापन पक्ष नेपाली सेना र प्रहरीको भर पर्यो। तर सेनाले एम्बुलेन्स खोजेर शव राखिदिएपछि मात्रै आफूले एस्कर्टिङ गरेर अन्त्येष्टि गर्ने स्थान पुर्याउने अडान लियो।

केही सिप नलागेपछि कलेज व्यवस्थापन पक्षले स्थानीय तहलाई खबर गर्यो। सुरुमा आनाकानी गरेका स्थानीय तहका जनप्रतिनिधिले एम्बुलेन्स बोलाउने कोसिस गरे। एम्बुलेन्स चालक आउन मानेन। अन्तत स् पशुपति विकास कोषको एम्बुलेन्स पुगेपछि शव उठ्यो।राजदल गणका कर्णेल उत्तम सापकोटा र सातदोबाटोस्थित महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माको टोलीले शव एस्कर्टिङ गरेर साँझ करिव ६ बजे पशुपतिस्थित विद्युतीय गृहमा अन्तिम संस्कारका लागि पुर्‍यायो।

तर पनि समस्या सुल्झिएन। शवको अन्तिम संस्कारका लागि थप दुई घण्टा कुर्नुपर्यो। गृहका कर्मचारी कोरोना भाइरसका कारण निधन भएकाको शव अन्तिम संस्कारका लागि ल्याउन लागेको थाहा पाएपछि ७ बजेसम्म डियुटी भएका गृहका कर्मचारी ५ बजेनै गृहमा ताल्चा लगाएर निस्केका थिए। प्रहरीको अनुनयपछि पशुपति विकास कोषका पदाधिकारीले गेटको ताल्चा फुटाए। डियुटी नसकी निस्केका कर्मचारीलाई बोलाएर ती पुरुषको शव अन्तिम संस्कार गर्न लगाए।