विदेशबाट नेपालीलाई स्वदेश ल्याउन दैनिक १० उडान, यस्तो छ प्राथमिकताको सुची

जेठ(२०, चितवन। सरकारले कोभिड १९ का कारण विदेशमा अलपत्र परेर स्वदेश फर्किने पर्खाईमा रहेका नेपालीहरूलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने गर्ने निर्णय गरेको छ। उद्धारका लागि सरकारले सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाट समस्यामा परेका र स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन तथा प्राथमिकता छुट्याउने काम गर्न लगाई विवरण सङकलनको काम गरिरहेको छ।

सरकारले स्वदेश फर्किन गन्तव्य मुलुकमा अवस्थित नेपाली नियोगमा घर फिर्तिका लागि निवेदन दिएकाहरू मध्ये प्राथमिकताका आधारमा स्वदेश ल्याउने छ। यसरी ल्याइनेहरूलाई व्यवस्थापन गर्न १० दिनभित्र काम सुरु गर्नेगरी सरकारले आवश्यक तयारी सुरु गरेको छ । कोरोनाको असरले समस्यामा परेका र स्वदेश फर्कन चाहनेहरुको लागि परराष्ट्र, गृह र पर्यटन सहित ३ मन्त्रालय लगायत विभिन्न सरकारी निकायबीच आवश्यक व्यवस्थापनबारे छलफल तथा समन्वय भइरहेको छ भने विश्व स्वास्थ्य सङगठनको कोभिड १९ विरुद्वको मापदण्ड अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भौतिक दूरी कायम हुने गरी रेखांकन तथा रङ्गरोगन गर्ने काम सम्पन्न भइसकेको छ।

यसका लागि सरकारले विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउनको लागि दैनिक १० वटा उडान गर्ने तयारी गरेको छ भने नेपाल एयरलाइन्सको जहाज नपुग भएमा अन्य वायुसेवा तथा विदेशी विमानसमेत चार्टर्ड गरेर भए पनि उद्धार गर्ने योजनामा रहेको छ।

सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेशमा ल्याउनका लागि एउटा कार्ययोजना बनाएको छ । त्यो कार्ययोजना अनुसार खाडीका विभिन्न मुलुकमा कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीलाई १० दिन भित्रमा १० वटा उडान मार्फत उद्धार गर्ने गरि सरकार अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए ।

उनका अनुसार खाडीका मुलुक र मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले आउने यातायात खर्च आफैंले व्यवस्थापन गर्नु पर्ने मन्त्रिपरिषदबाट नै निर्णय भएको तथा खाडी मुलुक र मलेसिया र भारतबाट आउने नेपालीका लागि छुट्टाछुट्टै मापदण्डको व्यवस्था गरिएको छ । उनले भने, सरकारले विदेशमा रहेका नेपाली नागरिकको उद्धार प्राथमिकताका आधारमा गर्छ । त्यहि प्राथमिकताका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दुतावासले समन्वय गर्नेछन् ।

कोरोना भाइरसको असर विश्वभरि नै परेको र नेपाली नागरिक विश्वभरि छरिएर रहेकाले उनीहरु गएको देशमा समस्यामा परेकाले स्वदेश फर्कन पाउनु पर्ने तथा नेपालमा नै वैदेशिक रोजगारीमा गएका नागरिक समस्यामा परेकाले उनीहरुको सरकारले उद्धार गर्नु पर्ने माग सबै तिरबाट आउन थालेपछि सरकारले यहि जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको कारण विदेशमा समस्यामा परेर नेपाल आउनै पर्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याउने निर्णय गरेको थियो । त्यहि अनुसार स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि कार्ययोजना बनाएर मन्त्रिपरिषद्ले पारित गरि स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्ले कार्ययोजना पारित गरेसँगै भारतबाहेकका तेस्रो देशबाट नेपाल आउनेहरुको विवरण तयार गर्ने काम भैरहेको र प्रदेश, जिल्ला र पालिकागत विवरणहरु विदेशस्थित नेपाली दूतावासले तयार पारी परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालय, पर्यटन मन्त्रालय र सीसीएमसीलाई उपलब्ध गराउने उनको भनाइ रहेको छ। यसरी सबै देशबाट विवरण सङ्कलन भएर आए पछि मात्रै हवाई उडानको कार्यतालिका एयरलाइन्ससँग समन्वय गरेर निर्धारण गरिने श्रम मन्त्रालयले जनाएको छ।

उद्धारको लागि १५ प्राथमिकता

सरकारले विदेशमा समस्यामा परेका नागरिकलाई उद्धार गर्नको लागि १५ वटा प्राथमिकताका आधारमा स्वदेश ल्याउने भएको छ। निम्न प्राथमिकतामा परेका नागरिकलाई स्वदेश ल्याउने सरकारको तयारी रहेको छ।

सरकारले पहिलो प्राथमिकतामा आममाफी पाएका नागरिकलाई ल्याउने भएको छ भने अन्य भिसाको अवधि सकिएका, घरफिर्ती केन्द्रमा रहेका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कनु पर्ने, रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य समस्यामा रहेका, बालबालिका, ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका तर कोरोनाको कारण फर्कन नपाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाली तर नेपाल फर्कन पर्ने अवस्थामा रहेकालाई ल्याउने भएको छ।

यस्तै, पर्यटन भिसामा, बिजनेश भिसामा गएर उतै रोकिएका, अध्ययन लगायतका सिलसिलामा गएका सरकारी कर्मचारी, कलेज बन्द भएर फर्कनु पर्ने विद्यार्थी र अन्य विभिन्न समस्यामा परेका गरि पहिलो चरणमा झण्डै २५ हजार जनालाई ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उद्धार गर्ने प्रक्रिया यस्तो छ

सरकारले तत्काल २५ हजारलाई उद्धार गर्ने भनेको छ । तर विभिन्न देशमा वैदेशिक रोजगारीको लागि गएका लाखौं नेपाली स्वदेश फर्कन तयार रहेका छन् भने सरकार विभिन्न प्राथमिकतालाई आधार बनाएर मात्रै स्वेदश फिर्ता ल्याउने तयारीमा रहेको छ।

स्वदेश फर्कनेको साथमा अनिवार्य रुपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट हुनु पर्नेछ । कोरोना जाँचको लागि दूतावासले समन्वय गर्नेछ । प्राथमिकतामा परेकाले सम्बन्धित देशमा रहेका नेपाली दूतावासले तोकेको स्थानमा गएर स्वास्थ्य परीक्षण गर्ने ‘होल्डिङ सेन्टरमा ज्वरो नापिन्छ, ज्वरो सय डिग्री भन्दा माथि देखिएमा उनीहरुलाई आइसोलेसनमा राखिन्छ भने ज्वरो नदेखिएकालाई नेपाली सेनाकै समन्वयमा जिल्ला सदरमुकामसम्म पुर्‍याइन्छ ।’

नेपाल आइसकेपछि भन्सार अध्यागमनको प्रक्रिया पूरा गर्नु पर्नेछ । यो प्रक्रिया पूरा गरेपछि नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा जानु पर्नेछ । विमानस्थलबाट होल्डिङ सेन्टरससम्म जानको लागि सरकारले नै यातायातको व्यवस्था गर्नेछ । चक्रपथ आसपासका पार्टी प्यालेस लगायत उपयुक्त ठाउँमा होल्डिङ सेन्टरको व्यवस्थापन गरिने सरकारको तयारी रहेको छ।

आफ्नो जिल्ला फर्किसकेका नेपालीलाई कुनै समस्या परेमा सरकारले उपचारको समेत व्यवस्था गर्नेछ । फर्कने सबैले आफ्नो मोबाइलमा हाम्रो स्वास्थ्य भन्ने एप डाउनलोड गरेर त्यसमार्फत आ