यस्तो छ आज दिनभरको मौसम

जेठ(२०, चितवन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको न्युन चापिय क्षेत्रको आंशिक प्रभाव छ साथै, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ। हाल देशै भरी आशिंक बदली रहने महाशाखाले जनाएको छ ।

आज दिउँसो पहाडी भूभागमा सामान्य बदली रही बाकि भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभाग का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती भने प्रदेश १, प्रदेश २, बागमति प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का भूभागहरुमा सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। देशको प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

यो पढ्नुसस् भोलिबाट मौसम क्रमिक सुधार हुनेस्( पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ। पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ती मौसमी प्रणाली बाहिरिने क्रम शुरु भएकाले भोलिबाट मौसम सफा हुने मौसमविद्को भनाइ छ। हाल देशभर सामान्य बदली रही देशका प्रदेश नं ५, गण्डकी र वाग्मती प्रदेशका केही भू–भागमा वर्षा भइरहेको छ।

दिउँसो देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। बुधबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।