आज घरमा तुलसीको दल राख्ने दिन, तुलसीका मुख्य ५ फाइदा यस्ता छन्

काठमाडौं, २० जेठ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा औ’षधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ ।

आज दल राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ ।

आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने वि’षाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।

सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आ’त्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारी पनि उहाँले दिनुभयो ।

तुलसीको पूजा आराधाना हुने घरलाई तीर्थको रुप मानिन्छ । यस्तो घरमा यमदूत समेत प्रवेश गर्दैनन् भन्ने विश्वास समेत छ । तुलसी पत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनु पर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

तुलसीका फाइदाहरु
१ छालाको चाँया पोतो हटाँउदछ र छाला स्वच्छ राख्दछ, यसमा अत्यन्त फाईदाजनक एन्टीव्याकटोरिएल क्लोभ आयल हुन्छ, यसमा भएको गुणले छालाको चाँया पोतोहरु हटेर जान्छ । नरिवलको तेलमा तुलसीको पातको लेप लगाएर छालामा लगाएमा सम्पूर्ण रुपमा छालाको निखार आउने गर्दछ ।

२ चिनीरोग अर्थात डायवेटिजबाट जोगाँउदछ
आजभोली हरेक उमेरसमुहका मान्छेहरुलाई चिनी रोगको समस्या देखिएको छ । हामीमध्य धेरैलाई थाहा नहुन सक्दछ कि तुलसीको प्रयोगले चिनीरोग पनि निर्मुल गर्न सक्दछ भनेंर । तुलसीमा एन्टी डायबेटिज एक्टीभिटी हुने गरेको पाइएको छ । यसले रगतमा ग्लुकोजको मात्रा अनि अस्वभावीक लिपीड प्रोफाइललाई पनि कम गर्ने गुण हुन्छ । अचम्मको कुरा त तुलसीको नियमीत प्रयोग गरेमा मेटाबोलीक क्रियाकलापका हानीका कारणले हुने अत्याधिक ग्लुकोजका नकारात्मक असरहरु मृगौला अनि कलेजो बिगार्न पनि दिँदैन् ।

३ क्या’न्सर बिरुद्ध ल’ड्न मद्धत गर्दछ
अध्यनहरुका अनुसार नियमित तुलसी सेवन गर्ने मान्छेहरुको शरीर तुलसी सेवन नगर्नेहरुको शरीरको तुलनामा क्या’न्सर कोष निर्माण गर्ने जोखिममा हुँदैनन् । त्यसका साथै बिभिन्न केमीकल हरुको जान अन्जान प्रयोगले हुनसक्ने क्या’न्सरबाट जोगिन समेत तुलसीले मद्धत गर्दछ । त्यसका साथै बिकिरणहरुको अनि परावैजनी किरणहरुको कारणले हुने क्या’न्सरबाट पनि तुलसीले जोगाउने पाइएको छ । स्मरण रहोस् बिकिरणहरु लाई रोक्नका लागि सनातन सस्कारमा प्रयोग गरिने कुशको पनि भूमिका उल्लेखनीय रहेको पाइएको छ ।

पोषण र क्या’न्सरसंग समबन्धीत जर्नलहरुका अनुसार त गएको ३० बर्षमा केमोथेरापी र रेडिएशन थेरापीले गर्न नसकेको असर तुलसीले क्या’न्सर बि’रुद्ध गरेको उल्लेख गरेको छ ।

४ ग्रन्थी अर्थात हार्मोनहरुलाई सन्तुलनमा राख्दछ
तुलसीले हार्मोन हरुलाई पनि सन्तुलनमा राख्ने भएकाले यसको शारीरीक र मानसिक दुबै तवरमा फाईदा रहेको पुष्टि हुन्छ । तुलसीलाई तसर्थ दैनिक खाना या चियाका रुपमा प्रयोग गर्न सल्लाह दिइन्छ ।

५ ज्वरो कम गर्दछ
तुलसीले हामीलाई व्याक्टोरिया अनि भाईरसबाट जोगाँउदछ । ज्वरो आएको बेला शरीरले बाहिरी संक्रमणका बिरुद्ध लडिरहेको हुन्छ, तुलसीमा यस संक्रमणबाट जोगिने तत्व हुने भएकाले नै परापूर्व कालदेखि नै ज्वरो आँउदा या संक्रमण हुँदा तुलसीको सेवन गर्ने चलन रहेको हुनसक्दछ ।

यसका अलावा भिटामिन के को पूर्ण भण्डार तुलसीलाई श्वासप्रश्वास समबन्धी रोगका लागि, दाँतको समस्याका लागि र आँखाको स्वास्थका लागि पनि प्रयोग गरिने चलन छ । त्यसैले नै होला तुलसीलाई बनस्पतीको रानी भनिएको । जनावरहरुको टोकाई देखि झाडापखाला सम्म तुलसीको प्रयोग हुन्छ ।

डाँठ देखि फूलसम्म प्रयोग हुने तुलसीको पात भनें सनातन सस्कारमा खानामा हालेर भगवानलाई अर्पण गरेर खाने चलन छ । जन्मिएको बच्चादेखि अन्तिम श्वाँस सम्म तुलसीको मठ अनि बिरुवाको महत्व छ, तुलसीको प्रयोगले जिवनमा सन्तुलन ल्याउन सफल हुनुहोस् भन्न चाह्यौं ।