ह*त्या आरोपी अढाई वर्षपछि प*क्राउ

सिरहामा अढाई वर्षअघि भएको एउटा ह*त्या घटनाका आरोपीलाई प्रहरीले प*क्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त प्रहरी टोलीले मिर्चैया नगरपालिका १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई प*क्राउ गरेको हो ।

सिरहाको मिर्चैया नगरपालिका ११ सितापुरस्थित ससुराली घरमा लुकेर बस्दै आएका यादवलाई प्रहरीले सुराकीको आधारमा शनिबार राति प*क्राउ गरेको हो ।

यादवसहितका दुई जनाले २३ असोज २०७४ मा कर्जन्हा नगरपालिका १० प्रयागपुरका ३६ वर्षीय शशी भुषणप्रसाद साहलाई धारिलो हतियार प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाका आरोपी सोमन भनिने रामइश्वर कापरीलाई प्रहरीले २५ पुस ०७४ मै प*क्राउ गरेको थियो ।