सरकारले देखायो आशा, मेलम्चीको पानी यही साल काठमाडौं का धारा(धारामा

काठमाडौं, १६ जेठ । सरकारले मेल्म्चीको आशा फेरि देखाएको छ । पानी अभावमा काकाकूल भएर बाँचिरहेका काठमाण्डौंबासीलाई सरकारले यही साल मेलम्चीको पानी आउने आशा देखाएको हो । बिहिबारको बजेटमा सरकारले आगामी आर्थिक वर्षको सुरुमै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने घोषणा गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।

मेलम्ची खानेपानी आयोजनाको आधारभूत काम यही वर्षको अन्त्यमा पूरा गरेर आगामी वर्षको सुरुमा उपत्यकामा पानी वितरण गरिने उनको भनाइ छ। यसको दोस्रो चरणको काम सम्पन्न गर्न सरकारले पाँच अर्ब ४६ करोड रकम विनियोजन गरेको छ।

नेपाल सरकारले एक चिनियाँ निर्माण कम्पनीलाई मेलम्चीको बाँकी काम पूरा गर्ने जिम्मेवारी दिएपनि लकडाउनले आयोजना प्रभावित हुने देखिएको छ । सरकारले यही असार भित्र सम्पन्न हुने भन्दै आएको आयोजना घकेलिएर यो बर्षको अन्त्यसम्म पुगेको हो ।

सिन्धुपाल्चोकबाट बग्ने मेलम्ची नदीको पानी काठमाण्डू ल्याउने २७ किलोमिटर लामो सुरुङ छिचोल्ने काम गत वर्ष नै पूरा भइसकेपनि सुरुङको भित्री भाग सबल बनाउने काम धमाधम हुँदैछ।

त्योसँगै मेलम्ची नदीमा सानो बाँध बनाएर जम्मा हुने पानी सुरुङभित्र सोझ्याउने ुहेडवर्क्स्ुको काम पनि सुरु हुन बाँकी नै छ।

ती काम पूरा गर्ने जिम्मेवारी नेपाल सरकारले गत सेप्टेम्बर २९ मा चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई दिएपछि मेलम्ची आयोजनाका अधुरा काम पूरा हुने वातावरण बनेको अधिकारीहरू बताउँछन्।

सिनोहाइड्रोलाई मेलम्चीको पानी झार्न १५ महिनाको म्याद दिइएको थियो। त्यसको अर्थ त्यो काम २०७७ साल पुसभित्र पूरा हुनु पर्दछ। तर त्यो काम सक्दो छिटो गराउने प्रयास भइरहेको जनाइएको छ ।

समयअगावै काम पूरा गरे ठेकेदार कम्पनीले लाभांश पाउने व्यवस्था गरिएको भएपनि सिनोहाइड्रोले अर्को आर्थिक वर्षभित्र अर्थात २०७८ साल असार मसान्तभित्रै मेलम्चीका बाँकी काम पूरा गने सम्भावना प्रबल छ।