नाकामा पीडा‘नेपाल प्रहरी भारत फर्क भन्छ, भारतीयले नेपालीलाई पि’टेरै लखेट्छ’

सुर्खेत, २१ चैत्र । ‘चार दिनसम्म न राम्रो खानापानी छ नत बसाइ नै । खाना नपाएर भोक भोकै सडकमा बस्नु परेको छ । के हामी सीमा क्षेत्रमा दुवै देशका प्रहरीको दु’व्र्य’वहार खेपेर बस्नुपर्ने हो रु’ जमुनाह नाका नेपालगञ्जबाट सिञ्जा गाउँपालिका( ५ जुम्लाका जनक शाहीले दुखेसो व्यक्त गरे ।

उनका अनुसार भारतका विभिन्न प्रान्तबाट काम गरेर फर्किएका मध्यपश्चिम नेपालका १५ जिल्लाका १७२ नेपाली बाँके जमुनाह नाकामा चार दिनदेखि अलपत्र छन् । अलपत्र नेपालीको भिडियो, फोटो खिच्न धेरै पत्रकार र प्रशासनका मान्छे आएपनि आफूहरुको उद्धार नभएको पीडित शाहीले बताए ।

उनले भने, ‘त्यहाँ न नेपालको प्रहरीले नेपाल पस्न दिन्छ नत भारतीय प्रहरीले फर्कन । न खान पाएका छौ नत पानी पिउन नै । यस्तो हालत सामाजिक सञ्जाल, मिडियामा आएको र प्रहरी प्रशासनले थाहा पाउँदा पनि किन हामीमाथि वेवास्ता रु संकटमा अरु देशले आफ्ना नागरिकहरु उद्धार गरिरहेको बेला हाम्रो संकट किन बुझ्दैन सरकार रु’

उनका अनुसार जमुनाह नाकामा हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, अर्घाखाँचीलगायत १५ जिल्लाका नागरिकहरु फसेका छन् । नेपाल सरकारले चैत्र १८ गतेसम्म घोषणा गरेको लकडाउन खुल्ला र मातृभूमि पुगौंला भनेर राखेको आशा लकडाउन थपिएपछि निराशामा परिणत भएको पीडित शाहीले बताउनुभयो ।

‘नेपाल प्रहरी भारत फर्क भन्छ, भारतीयले नेपालीलाई पि’टेरै ल’खेट्छ । दैनिक अपमान खेपिरहनु परेको छ,’ हिमा गाउँपालिका ५ जुम्लाका बलबीर रोकायाले भने । सरकारले बरु चाँडो नेपालमा लिएर आफूहरुलाई क्वारेन्टाइनमा राखिदिनुपर्ने उनको अनुरोध छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले लकडाउनको समयमा दुवै देशले जहाँबाट नागरिक आएको त्यही देशले व्यवस्था गर्ने नेपाल र भारत सरकारले सहमति गरेको निर्णय अनुसार व्यवस्थापनको काम भइरहेको बताए ।

प्रजिअ खड्काले भने, ‘सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतले लिएर क्वारेन्टाइनमा राख्न सहमत भएको छ तर उनीहरुले मानेका छैनन् । भारतमा गएर क्वारेन्टाईनमा बस्न हामीले धेरै प्रयास ग¥यौँ तर मान्नु भएन । खानपीनको त्यस्तो समस्या छैन ।’