लकडाउन बढाउने निर्णय गर्न मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं, २४ वैशाख । सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकराले यस्तो सुझाव दिएको छ । समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन अवधि थप्नुपर्ने निष्कर्ष निकालेको छ । समितिको निर्णय अनुसार सरकार थप एक साता लकडाउन लम्ब्याउने तयारीमा पुगेको छ ।

समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेसँगै लकडाउन पुन बढ्ने भएको खबर राजधानी दैनिकमा छापिएको छ। समितिको बैठकले तत्काल नै लकडाउन खोल्न नसकिने सुझाव सरकारलाई दिएको छ । बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारे निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठक बुधबार ११ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसैअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश भएको थियो ।

तर, प्रधानमन्त्री ओलीले अहिले नै क्षेत्र छुट्याएर जाँदा अप्ठयारो स्थिती आउन सक्ने भनेपछि लकडाउन लम्बिने सम्भावना बढेको हो । भारतमा संक्रमित बढ्दै गएकाले नेपालमा चेकजाँजको दर बढाउदै लैजान विषयमा पनि समितिमा छलफल भएको