नेता सिटौलाको छोराको बिहे, मुखमा मास्क र चार जना जन्ती

काठमाडौं बैशाख १५ ,। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका एक्ला छोरा श्यामप्रसाद सिटौलाले विबाह गरेका छन् । बिर्तामोडकी मनिषा विमलीसँग श्यामले आईतबार विबाह गरेका हुन्। तीन महिनाअघि बैशाष १४ गते आईतबार बिहेको मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरेको सिटौलाले बताए । ‘लकडाउनको बेला सामाजिक दूरी कायम गरेर श्याम र मनिषाले एकअर्कासंग विबाह गरेका हुन् । श्याले आफ्नो बिहेमा जम्मा चार जना जन्ती लिएर दुलही लिन गएकाका थिए । उता दुलहीको घरमा पनि १० जनाले मात्रै दुलाहा र जन्तीलाई स्वागत गरेका थिए ।

धुमधामसँग बिहे गर्ने ईच्छा भएपनि कोरोनाको कारण अहिले आफ्नो ईच्छा अनुसार छोराको बिहे गर्न नसकिएको बताउँदै पहिले नै बिहेको मिति तय गरेकोले सारेनौं । र तोकिएको समयमै पुर्णरुपले लकडाउनको पालना गरेर बिहे सम्मपन्न गरेका र्हौ सिटौलाले भने।

जन्ती गएकाहरूको मुखमा मास्क र हातमा सेनिटाइजर थियो। सिटौलाका छोरा श्यामले बिहे खर्च कोरोना कोषलाई हस्तान्तरण गरेको पनि सिटौलाले बताए । ‘साधारण अवस्थामा भएको भए बिहेको भोलिपल्ट आज घरमा भोज पाक्थ्यो। इष्टमित्र, साथीभाइ भेला हुन्थे,’ सिटौलाले भने, ‘बिहान घर सल्लाह गरेर बिहे खर्च कोरोना कोषलाई दिने निर्णयमा पुग्यौं। र सोही निर्णय अनुसार बिहे खर्च कोरोना काषमा दियौं ।’

उनले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहलाई बिहे खर्चबापतको रकम हस्तान्तरण गरिएको जानकारी दिए। सिटौलाको अनुसार पाँच लाख स्थानीय सरकारको राहत कोषमा हस्तान्तरण गरिएको छ । भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदसी गाउँपालिका, हल्दिवारी गाउँपालिका, विर्तामोड नगरपालिका वडा नम्बर १० लाई राहत रकम दिइएको उनले बताए ।