‘कालिका पत्रकारिता पुरस्कार’ पाउने राजभण्डारी र घर्ती को हुन

822

काठमाण्डौ, १६ साउन ।  कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले विसं २०७५ को ‘कालिका पत्रकारिता पुरस्कार’ बागलुङका दुई पत्रकारलाई प्रदान गरेको छ ।

गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्यको रूपमा विकास भएको बागलुङ कालिका मन्दिरको थप प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको ‘कालिका पत्रकारिता पुरस्कार–२०७५’ बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी र सङ्घम घर्तीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

कालिका भगवती मन्दिरको प्रवद्र्धनमा पत्रकारितामार्फत सहयोग पुर्‍या एको भन्दै बागलुङका एभिन्यूज संवाददाता राजभण्डारी र नागरिक दैनिकका बागलुङ संवाददाता घर्तीलाई जनही रु सात हजार ५०० नगदसहित प्रमाणपत्रद्वारा पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।

पुरस्कार वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का स्थायी कमिटी सदस्य तथा सङ्घीय सांसद देवेन्द्र पौडेलले पत्रकारलाई सत्यमा आधारित भएर समाचार लेख्न कुनै समस्या नभएको बताउनुभयो । “सत्यमा आधारित समाचार लेख्न कुनै दबाब छैन”, पौडेलले भन्नुभयो, “भावनामा बगेर समाचार लेख्दा समस्या सिर्जना भयो ।”

नेता पौडेलले अहिले सरकार लोकतान्त्रिक भएको भन्दै मिडिया काउन्सिल विधेयक संशोधनसहित अगाडि बढाइने जानकारी दिनुभयो । उहाँले बागलुङ धार्मिक पर्यटन क्षेत्रको समहत्वपूर्ण गन्तव्य भएका कारण यसको प्रचारप्रसारमा सबै पत्रकार लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकारिताको क्षेत्रमार्फत कालिका मन्दिरको प्रचारप्रसारमा थप योगदान पु¥याएको भन्दै पर्वत जिल्लाका पत्रकार प्रनेश गिरी र अगन्धर तिवारी तथा टिभी अन्नपूर्णलाई समेत सम्मान गरिएको थियो । कालिका भगवती गुठीले हरेक वर्ष कालिका मन्दिरको विकास तथा प्रचारप्रसारका लागि कलम चलाउँदै आएका दुई पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्