दक्षिण एसियामै उत्कृष्ट, नेपाल प्रहरी

80

कञ्चनपुर महेन्द्रनगरकी किशोरी निर्मला पन्तको रहस्यमय हत्या घटनाका दोषी पत्तालगाउन नसकेको आरोप खेपिरहेको नेपाल प्रहरी अन्तर्राष्ट्रिय सूचकाङ्कमा भने दक्षिण एसियामै उत्कृष्ट स्थानमा छ ।

निर्मलाको रहस्यमय हत्या भएको एक वर्ष पूरा भएको छ तर प्रहरीको अनुसन्धानले अपराधी नजिक पुगेको दाबी गरे पनि नतिजा केही देख्न सकिएको छैन ।

कानुन तथा न्यायको शासन सञ्चालनसम्बन्धी (रुल अफ ल–इन्डेक्स २०१९) सूचकाङ्कले नेपाललाई सार्क राष्ट्रमा नै उत्कृष्ट देखाएको छ ।

‘रुल अफ ल’ कार्यान्वयनमा नेपाल विश्वको ५९औँ स्थानमा छ । भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का ११२ देखि १२३ सम्मका  स्थानमा छन् ।

सर्वसाधारण नागरिकको शान्ति सुरक्षाका लागि निर्माण गरिएका कानुन, कानुनको कार्यान्वयनमा सुरक्षा निकायले निर्वाह गरेको जिम्मेवारी, भूमिका र कामकारबाहीलाई सूचकाङ्क वर्गीकरणमा समेट्ने गरेको विश्व न्याय प्रोजेक्ट (वल्र्ड जस्टिस प्रोजेक्ट)ले जनाएको छ ।

त्यस्तै, विश्व पिस इनडेक्स–२०१९ नेपाल ७१औंँ स्थानमा परेको छ । शान्ति सुरक्षाका लागि नेपाल अर्जेन्टिना पछि आउँछ । आइसल्यान्ड, न्युजिल्यान्ड, पोर्चुगल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । ती देशमा अपराधका घटना हुनै छोडेपछि जेलसमेत भत्काउन थालिएको छ ।

गोरखापत्रका अनुसार दक्षिण एसियाका आठ देशमध्ये नेपाल शान्त र सुरक्षित गन्तव्यका रूपमा पहिलो स्थानमा छ । यो इन्डेक्सले पर्यटन वर्ष २०२० लाई समेत सफल पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्