आयोजक सिंगापुर र मलेसियाको विजयी सुरुवात

78
आयोजक सिंगापुर र मलेसियाको विजयी सुरुवात

सिंगापुर (हाम्रोखेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको पहिलो दिन आयोजक सिंगापुर र मलेसियाले विजयी सुरुवात गरेका छन् । सिंगापुरले कतारलाई ३३ रन र मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।

पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ४७, रोहन रन्गराजन ३२,टिम डेविड ३८ र मनप्रित सिंह ३४ रनको योगदान दिए । कतारका लागि इकवाल हुसेनले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । उसका लागि मोहम्मद रिजलान ३३, तमोर सज्जाद ३४, फैसल जावेद २९ रन जोडे । सिंगापुरका लागि तीव्र गतिका बलर जनक प्रकाशले म्यान अफ द म्याच प्रदर्शन गर्दै ३ विकेट हात पारे ।

त्यस्तै दोस्रो खेलमा टस जितेर मलेसियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ६२ रन जोडेको थियो । मलेसियाका लागि शफिक सरार्फ ३८,अमिनुदीन रमली ३३ र सैइद जजिज ३४ रन जोडे । कुवेतका लागि मोहम्मद अहसनले २ विकेट लिए ।

जितका लागि १ सय ६३ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभरमा अल आउट हुँदै १ सय २० रनमा समेटियो । उसका लागि मोहम्मद कासहिफले सर्वाधिक ५१ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । मुहम्मद सियाहदतले ३ तथा सैइद अजिज, पवनदीप सिंह र फ्रिती साहमले समान २-२ विकेट हात पारे । दोस्रो दिन मंगलबार नेपाल र कतार तथा सिंगापुर र कुवेतबीच खेल हुने छ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्