प्रेमजालमा परिन् श्रृङखला ?

116

काठमाडौँ,६ साउन । पूर्व मिस नेपाल श्रृङखला खतिवडा मिस वर्ल्ड सहभागी भएपछि उनको चर्चा ह्वात्तै बढ्यो । स्मार्ट , बौद्धिक क्षमता अनि सुन्दरको कारण पनि श्रृङखलाको क्रेज र फ्यानफलोईङ त्यसपछि ह्वात्तै बढ्यो । सामाजिक काममा समेत निकै रुची राख्ने श्रृङखलाको सेलाएको चर्चा पुन चुलिएको छ । यसपटक उनको चर्चाको कारण नत उनको सुन्दरता हो न त कुनै सामाजिक काम । यतिबेला उनी प्रेमको कारण चर्चामा रहेकीछिन् । हाल टर्की भ्रमणमा रहेकी श्रृङखला र चर्चित भ्लगर सिसन बानियाँबीचको प्रेमको चर्चाले सामाजिक सञ्जाल निकै तातेको छ । यी दुबै जना यतिबेला टर्कीमा छुट्टी मनाईरहेका छन् ।

जहाँ श्रृङखला र सिसनको एक तस्बिरले श्रृङखला सिसनको प्रेममा रहेको अधिकांशको बुझाई छ । हुन त यी दुईको प्रेमको चर्चा नयाँ भने होईन । यसअघि पनि उनीहरुको सम्बन्धको चर्चा हुने गथ्र्याे तर उनीहरुले यसबारेमा बोलेका छैनन् । यता श्रृङखलाले पनि विभिन्न मिडियाहरुमा प्रेम सम्बन्धलाई लिएर प्रश्नहरुको सामना गर्नु नपरेको होईन । उनले समय आएपछि खुलासा गर्ने बताउँदै आएकी थिईन् ।

टर्कीमा सिसनसंगको तस्बिर सेयर गरेर उनीहरुबीच निकै नजिकको सम्बन्ध रहेको भान उनले दिएकीछिन् । यता श्रृङखला र सिसनबीच नाम जोडिएपछि उनका फ्यानहरुले सिसनलाई गाली पनि गरिरहेका छन् भने सिसन उनीहरु ट्रोलको शिकार पनि बनिरहेका छन् । आफनो र सिसनबीच प्रेमको चर्चा हुँदा श्रृङखला पनि चुपचाप छिन् । कतै श्रृङखला सिसनको प्रेममा त छैनन् भनेर उनका फ्यानहरुमा थप कौतुहल्ता बढाईरहेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्