राजधानीमा मेट्रो रेल कहिलेदेखि ?

36

काठमाडौं ५ साउन । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ ।

सम्भाब्यता अध्ययनबाट पहिलो चरणमा बुढानिलकण्ठदेखि सातदोबाटोसम्म २२ किलो मिटर लामो रेल्वे आर्थिक रुपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डीपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो ।
यो पनि पढ्नुहोस्

विभागले डिपीआर तयार पार्न इच्छुक कम्पनीहरुसित प्रस्ताव(आरएफपी) मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्तव (आरएफपी) हालेका थिए ।

प्रस्तावमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भएका ६ कम्पनी छनोट गरी विभागले उनीहरुसित डीपीआर तयार पार्नका लागि प्राविधिक र आर्थिक प्रस्ताव मागेको छ । कान्तिपुर दैनिकबाट

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्