क्रिकेट खेलाडी धोनी २ महिनाको छुट्टी लिदै, छुट्टी लिनुको कारण के छ जानुहोस्

89

भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन्यासको अड्कलबाजीलाई शनिबार देखी विराम लगाएका छन्।

त्यस्तै उनी भारतको आगामी वेस्ट इण्डिज सिरिजमा नजाने भएका छन्। धोनीले क्रिकेटबाट २ महिनाको छुट्टी लिएका छन्।उनले यो २ महिनाको समय आफू मानार्थ लेफ्टिनेट कर्नेल रहेको प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टमा बिताउनेछन्।

३८ वर्षिय धोनीले आइतबार चयन समितिको बैठक बस्नु अघि आफ्नो बारेमा यस्तो जानकारी बिसिसिआईलाई गराएका हुन्। उनले यसलाई क्रिकेटबाट सन्यासका रूपमा नबुझ्न स्पष्ट पारेका छन्।

‘धनीले सन्यास लिदैं छैनन्। उनले अर्ध सैनिक रेजिमेन्टको सेवाका लागि दुई महिनाको विश्राम लिदैंछन्, यस्तो उनले पहिले पनि गरेका थिए’, बिसिसीआइका एक अधिकारीले बताए।

इण्डिज भ्रमणमा धोनी नहुने भएपछि ऋषभ पन्तले विकेटकिपरका लागि पहिलो रोजाइको मौका पाउने अनुमान गरिएको छ। यस्तै टेस्टमा पन्तको सट्टा ऋद्धिमान साहाले विकेटकिपिङ गर्नेछन्।

 

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्