आर्सनलले जित निकाल्दा चेल्सी बराबरीमा रोकियो

74

काठमाडौं, १९ बैशाख । एजेन्सी – युरोपा लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियलाई ३–१ गोलले हराएको छ । इङ्लिस क्लब चेल्सी भने अर्को खेलमा जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

बिहीबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई तिजाउन अलेक्ससान्ड्रे लाकाजेट्टीले १८ औं र २६ औं मिनेटमा दुई गोल गरे । पिर्रे इमरिक अउबामियाङले दोस्रो हाफमा इन्जुरी समयमा गोल गरेका थिए । भ्यालेन्सियाका मौकटार डियाखावीले ११ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । जितसँगै आर्सनलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग आगामी मे १० लारिख भ्यालेन्सियाको घरेलु मैदानमा हुनेछ ।

यसैगरी आइनट्रायच फ्रान्कफर्टको मैदानमा भएको अर्को खेलमा चेल्सीविरुद्ध घरेलु टोलीले २३ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । आइनट्रायच फ्रान्कफर्टका लागि लुका जोभिचले गोल गरे । त्यसपछि जोसिएको चेल्सीले ४५ औं मिनेटमा बराबरी गोल फर्कायो । चेल्सीका लागि पेड्रो रोड्रिग्वीजले गोल गरे । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । दोस्रो लेग अर्को साता चेल्सीको मैदानमा हुनेछ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्