को बन्छ करोपति शोमा ‘जात्रै जात्रा’

59

काठमाडौँ,१९ बैशाख । ३ जेठबाट रिलिज हुन लागेको ‘जात्रै जात्रा’ टिम को बन्छ करोपति शोमा पुगेको छ । फिल्मको प्रचार गर्ने हेतुले फिल्म टिम सो स्थानमा पुगेको हो । फिल्मका तर्फबाट दयाहाङ राई र विपिन कार्कीले हट सिटमा बसेर सोका होस्ट राजेश हमालसँग खेल खेलेका छन् ।

‘हामीले को बन्छ करोडपतिबाट जती रकम जितेका छौ, त्यसमा हाम्रो टिमबाट थप गरेर नायिका स्वेता खड्काको स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्दैछौ ’ निर्देशक प्रदीप भट्टराइले भने ।
स्वेताले अहिले सिन्धुपाल्चोकमा माझी बस्ती निर्माण गरिरहेकी छिन् ।

हमालसँग बसेर खेल खेल्दा रमाइलो र नयाँ अनुभुती भएको अभिनेता दयाहाङले बताए । विपिनले भने खेलमा नयाँ अनुभव संगाल्न पाएको सुनाए ।

प्रदीप भट्टराइको निर्देशन रहेको फिल्ममा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिं बानियाँ, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्