‘खलनायक’को सिक्वेल बनाउँदै रोज

123

काठमाडौँ,१९ बैशाख । पछिल्लो समय सुपरहिट फिल्मको सिक्वेल निर्माणमा तिव्रता छाएको छ । यस्तैमा १२ बर्ष अगाडि निर्माण भएको व्यवसायिक फिल्म ‘खलनायक’को पनि सिक्वेल बन्ने भएको छ । निर्माता रोज राणाले यसको सिक्वेल ‘खलनायक २’ घोषणा गरेका छन् ।

ऋषि न्यौपानले निर्देशन गरेको ‘खलनायक’को अब बन्ने सिक्वेलको निर्देशकमा ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारी छानिएका छन् । फिल्मका लागि निर्देशकको अलवा द्धन्द्धमा एनबि महर्जन समेत फाइनल भएको निर्माता रोज राणले बताए ।

फिल्मको लेखन मौनता श्रेष्ठले गरिरहेका छन् । अभिनेता राजेश हमाल, विराज भट्ट र निखिल उप्रेती र झरना थापाको मुख्य भुमिका रहेको फिल्मको सिक्वेलमा अहिले पुस्ताका कलाकार लिएर निर्माण गर्ने सोच निर्माता राणाको रहेको छ ।

‘जय परशुराम’ र ’मेरो पैसा खोई’ निर्माण निर्देशन गरेर निर्माताको अलवा निर्देशकको रुपमा समेत राणले आफुलाई प्रमाणीत गरेका छन् । नेपाली फिल्म क्षेत्रमा करिब दुई दशक देखि लगातार फिल्म निर्माणमा रहदै आएका राणाको ‘खलनायक २’साउनबाट छायांकन सुरु हुनेछ । फिल्मले नयाँ कथा उठाउने निर्देशक राणाले जानकारी दिए ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्