इन्दिरा गान्धी दहि र जेरी नखाई सभामा जान्थिनन्

173

एजेन्सी,१८ बैशाख । भारतको पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीको सन् १९७७ तिरको चुनावी सभासँग सम्बन्धित कुरा अहिले भारतीय मिडियामा भाइरल बनेको छ । उनले चुनावी सभामा जानु पूर्व दही र जेरी खाने गरेको किस्सा अहिले चर्चामा आएको हो ।

उनले चुनावी प्रचार–प्रसारको बेला देशी घ्युबाट बनेको तातो जेरी र दही खुबै खाने गरेको कुरा किस्साको रुपमा आएको हो । गान्धीलाई खुसी बनाउन कतिपय नेताहरु तातो जेरी र दही लिएर जाने गरेको कुरा पनि बाहिर आएको छ ।

गान्धी नजिकका नेता शंकर लालले नेताहरुले गान्धीलाई खुसी बनाउन चुनावी सभाभन्दा अगाडि नै जेरी र दहि लिएर पुग्ने गरेको किस्सा खोलेका छन् । उनले सन् १९७७ मा यमुना नदि किनारमा हुँदै गरेको जनसभामा इन्दिराले गरेको बालहठलाई सार्वजनिक गरेका छन् ।

सो जनसभामा इन्दिरा गान्धीले जेरी र दहि खान नपाए सभालाई सम्बोधन गर्न नै जान्न भनेको कुरा शंकर लालले बताएका हुन् । त्यस समयमा इन्दिरा बरु आफुँ मागी माग्ने तर जेरी र दहि नखाई सम्बोधन गर्दिन भनेर हठ गरेकी थिइन् । उनलाई आकस्मिक रुपमा जेरी र दहीको व्यवस्था गरिएपछि उनि सम्बोधन गर्न गएकी थिइन् ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्