शाहरुख खान पाँच वर्षे छोरालाई लिएर भोट हाल्न किन गए ? बताए यस्तो रोचक कारण

141

काठमाडौँ,१७ बैशाख । भारतमा लोकसभा चुनावको चौथो चरणको मतदानमा बलिउडका विभिन्न सेलिब्रिटीको पनि सहभागिता रह्यो । यसै क्रममा शाहरुख खान र उनकी श्रीमती गौरीले पनि मतदान गरे । सोमबार भएको यो मतदानमा शाहरुख र गौरीले पाँच वर्षका कान्छा छोरा अबरामलाई पनि सँगै लिएर गए । शाहरुखले छोरालाई लिएर जानुको कारण सोसल मिडियामा सार्वजनिक गरेका छन् ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘मेरो सानो छोरा बोटिङ र भोटिङका बीच अल्मिल्लिएको थियो । त्यसकारण उनलाई अनुभव गराउनुका लागि सँगै लिएर गयौं ।’

अर्को महिना ६ वर्षको हुनेछन् अबरामः

अबराम अर्को महिना ६ वर्षको हुनेछन् । उनको जन्म मे २७ मा सेरोगेसीमार्फत भएको थियो । शाहरुख र गौरीका आर्यन र सुहाना नामका दुई सन्तान पनि छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्