युवराजको ‘लटर पटर’मा प्रियंका

71

काठमाडौँ,१६ बैशाख । फिल्मको पाश्र्व गायनमा निकै व्यस्त गायक युवराज चौलागाईको नयाँ गीत ‘लटर पटर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गति उनले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् । गायिका अनुष्का पाठकले उनलाई गायनमा साथ दिएकी छन् ।

गीतकार राजेन्द्र थापाको शब्द, दीपक शर्माले संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । गम्भिर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की तथा अभिनेता सुनिल क्षेत्रीको साथमा गायक चौलागाइको पनि अभिनय छ ।

गायक चौलागाइका ‘तिमीलाई के भनौँ’, ‘हारेँ हारेँ’, ‘तिम्रा डोला डोला हातमा’ लगायतका थुप्रै चर्चित छन् । गति सार्वजनिक भए लगतै दर्शक ?ोताको मनमा बस्न सफल भएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्