लिबियामा फसे २० नेपाली, उद्धारका लागि हारगुहार

157

काठमाडौं, १४ वैशाख । लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १०, रुपन्द्रेहीका गणेश थापामगरसहित २० नेपाली केही सातादेखि उद्धारका लागि हारगुहार गरिरहेका छन् ।

‘हामी बसेको ठाउँबाट झन्डै २५ किमि टाढा दिनहुँ विद्रोही र सरकार पक्षबीच भिडन्त भइरहेको छ, बम नपडकेको दिनै हुन्न,’ त्रिपोलीबाट कान्तिपुरसँग फोनमा थापामगरले भने, ‘भिडन्त बढदै हाम्रो ठाउँतिर आइपुग्छ कि भन्ने डर छ ।’

उनी अलसाई समूहको राइस मिलमा कार्यरत छन् । राइसमिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् । ‘हामी जहाँ काम गर्छौं, त्यहीँ बस्छौं,’ उनले भने, ‘बाहिर घुमफिर गर्ने स्थिति छैन । हाम्रा लागि चाहिने सबै सामान लिबियन नागरिकले किनेर ल्याइदिन्छन् ।’
थापामगरसँग तनहुँका पूर्णबहादुर गुरुङ, बुद्धिबहादुर अधिकारी क्षेत्री, लम्जुङका अमृत गुरुङ, दाङका भुवन आचार्य, सुनसरीका राजु विष्ट, सनम विश्वकर्मा, गुप्तबहादुर विक, सिन्धुपाल्चोकका कृष्ण कोइराला कार्यरत छन् । यो समाचारमा आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्