साढे चार हजार विद्यालय पुनर्निर्माण सम्पन्न, १७ सय निर्माणाधीन

54

काठमाडौं, १० वैशाख । ०७२ सालको भूकम्पबाट ध्वस्त भएकामध्ये ३२ जिल्लामा चार हजार चार सय ७६ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको समाचार आजको नयाँ पत्रिकाले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, एक हजार सात सय ७२ विद्यालय निर्माणाधीन छन् भने तीन सय ९८ विद्यालय पुनर्निर्माणका लागि छनोट भएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार १२ वैशाख ०७२ को भूकम्पबाट सात हजार नौ सय २३ विद्यालयमा क्षति पुगेको थियो ।

ती विद्यालयका २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रूपमा ध्वस्त भएका थिए भने १२ हजार पाँच सय २२ कक्षाकोठा क्षतिग्रस्त भएका थिए । १५ हजार नौ सय ९० कक्षाकोठामा आंशिक क्षति पुगेको थियो । भत्केका विद्यालयमध्ये पुनर्निर्माण गर्दा तीन सय ७० वटालाई मर्ज गरिएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्