दक्षिण अफ्रिकामा सुनको उत्पादन घट्दोः चाडैनै सकिदैछ सुन

109

एजेन्सी,२५ माघ । दक्षिण अफ्रिकामा नोभेम्बरसम्म लगातार सुनको उत्पादन ओरालो लागेको छ ।१ वर्ष अगाडिको तुलनामा १४ प्रतिशतले घटेको प्रिटोरयास्थित स्ट्याटिक्स साउथ अफ्रिकाले विज्ञप्तिमार्फत जनाएको छ । १४ औं महिना सम्ममा पनि सुनको उत्पादनमा गिरावट आएको यो २०१२ देखिकै लामो अवधि भएको ब्लूमबर्गले जनाएको छ ।

कुनै समयमा सुन उत्पादनमा दक्षिण अफ्रिका पहिलो स्थानमा रहदै आएको थियो । विगतका वर्षहरुमा ठूलो अनुपातमा ओरालो लागेको सुनको उत्पादनले आगामी दिनमा पनि निरन्तरता पाउने देखिएको छ ।

हालको मूल्यका आधारमा दक्षिण अफ्रिकाका धेरैजसो सुन खानीहरु नाफायुक्त हुन सकेका छैनन् । यद्यपि विश्व सुन उत्पादनको मामिलामा दक्षिण अफ्रिका आठौ स्थानमा रहेको छ ।विश्वका प्रमुख सुन उत्पाद गर्ने मुलुकको सूचीमा यो मुलुक लगातार ओरालो लागिरहेको छ । हालको उत्पादनको आधारमा सुन खानीमा यो मुलुकको पहुँच ३९ वर्ष सम्म मात्रै रहने देखिएको छ ।

दक्षिण अफ्रिकाको वार्षिक सुन उत्पादन १९७० मा ओरालो लागेको थियो । उक्त समयमा यो मुलुकका खानी उत्खननकर्ताहरुले १ हजार टन सुन उत्पादन गरेका थिए । त्यस यता सुनको उत्पादनमा लगातार गिरावट आउन थालेको हाे।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्