राजनीतिमा बढ्दै गएको नाफामुखी चिन्तन

115

— रोशन जनकपुरी
सामाजिक अन्तर्विरोधहरु जब जटिल हुन्छ र सहजै समाधान हुने स्थिति रहँंदैन, अनि समाजले आफूभन्दा माथि राज्यसत्ताको निर्माण गर्दछ । समाजले राज्यसत्तालाई विशिष्ट अधिकारहरु र शक्ति सुम्पन्छ । यसको अर्थ राज्यनिर्माणको उद्देश्य समाजमा उत्पन्न समस्याहरुको समाधान गर्नु हो । तर जब राज्यसत्तामा गएका प्रतिनिधिहरु जनताको समस्या समाधान गर्नुको साटो समाजले दिएको शक्ति उपयोग गरेर समाज अथवा जनतामा शासन गर्न थाल्दछन् अनि राज्यसत्ता र समाज दुई समानान्तर धाराजस्तो हुनजान्छ । यसले समाज र राज्यसत्ता बीच द्वन्द सृजना गर्दछ । समाजले आफू विपरीतको राज्यसत्तालाई विस्थापित गरि अर्को, आफू अनुकूलको राज्यसत्ता निर्माण गर्ने कोशिस गर्दछ । शासकवर्गीय राज्यसत्ताले समाज वा जनताका प्रयासहरुलाई विफल पार्न प्रहरी र सेनाजस्तो शक्ति प्रयोग गर्दछ । जनताद्घारा गरिएका आन्दोलन, विद्रोह र क्रान्तिहरु यसैका परिणाम हुन् ।
अहिले हामीले उपभोग गरिरहेको गणतन्त्र नेपाली जनताले पुरानो निरङकुश राजतन्त्र र उसका मतियार विरुद्ध गरेको अथक संघर्ष, त्याग, र बलिदानको परिणाम हो । यसको निम्ति नेपाली जनताका हजारौँं सर्वोत्तम छोराछोरीहरुले जीवन अर्पण गरे । हुन त नेपालमा गणतन्त्रको आन्दोलनको चरमोत्कर्ष माओवादी जनयुद्ध हो, जस्मा श्रमजीविवर्ग र उत्पीडित समुदायको नेतृत्वमा जनगणतन्त्रको निर्माण गर्ने उद्देश्यले नेपाली जनताले दशवर्ष सम्म हतियारबद्ध संघर्ष गरे । यस अर्थमा हामीहरुले वर्तमानमा भोगीरहेको गणतन्त्र अधूरै छ । किनभने अहिलेपनि शासनमा अभिजात्य र सम्पन्नवर्गकै प्रभूत्व छ र श्रमजीविवर्ग र उत्पीडित समुदायहरु पछिल्लो पंक्तिमा नै छन् । वर्तमान गणतन्त्रलाई देशका बहुसंख्यक गरिखाने वर्ग र उत्पीडित समुदायहरुको पहुँंचमा ल्याउन निर्णायक संघर्षको आवश्यकता बाँंकी नै छ । तरपनि निरङकुश राजतन्त्रबाट मुक्त यो गणतन्त्र नेपाली जनताको त्याग, तपस्या र बलिदानको परिणाम हो भन्नेमा दुईमत छैन ।
नेपालमा गणतन्त्रको इतिहास हेर्ने हो भने विचारधारात्मकरुपमा कम्युनिस्टहरु हमेशा गणतन्त्रको पक्षमा रहेभने नेपालीकाँंग्रस कुनैबेला गणतन्त्र त, कुनैबेला सवैधानिक राजतन्त्रको पक्षमा, अस्थिर देखिएका हुन् । वि.स. २०१७ सालमा राजा महेन्द्रले संसदिय व्यवस्थालाई निरस्त गरेर निरङकुश पञ्चायती व्यवस्थाको शुरुआत सजिलै गर्नसक्नुको पछाडीको विभिन्न कारणहरुमा नेकाभित्रको यो वैचारिक अन्यौलपनि एउटा प्रमुख कारण हो । राजा महेन्द्रको यस निरङकुश कार्यले सचेत जनताबीच आक्रोश बढाएको थियो । अझ जननिर्वा्चित सरकारबाट विस्थापित हुनुपरेको नेपालीकाँंग्रेसमा आक्रोश थपिनुपनि स्वाभाविक थियो । भारतमा निर्वा्सित नेपालीकाँंग्रेसका नेताहरु राजा महेन्द्रलाई यसको दरो जवाफ दिन चाहन्थे । नेपाली काँंग्रसको नेतृत्वको एउटा हिस्सा राजा महेन्द्र माथी दबाब सृजना गरेर उनिसंग मिलेर शासन गर्न चाहन्थ्यो भने अर्को हिस्सा राजतन्त्रबाट मुक्ति चाहन्थ्यो । ऐतिहासिक स्रोतहरुका अनुसार पटनामा बसेको एउटा बैठकमा राजामहेन्द्र विरुद्ध सशस्त्र संघर्ष गर्ने निर्णय गरिएपनि पार्टी्भित्र यो वैचारिक अन्यौलभने यथावत् नै थियो । वि.स. ०१८सालमा जनकपुरमा राजा महेन्द्रमाथी बम प्रहार र दुर्गानन्दको शहादत यसैको परिणाम थियो ।
धनुषा जिल्लाको जटही गाउँंमा वि.सं १९९९ वैशाख १४ गते जन्मेका दुर्गानन्द त्यतिबेला सीमापारी भारत मधुबनी जिलाको उमागाँंवमा दश कक्षाका छात्र थिए । उमगाँंव नेपालीकाँंग्रेसका नेता र कार्यकर्ताहरुको आश्रयस्थल भएकोले, यसैक्रममा दुर्गानन्द उनिहरुको सम्पर्कमा आए । सीमाक्षेत्रमा उनको गाउँं जटहीमापनि राणाविरोधी राजनीतिक नेता–कार्यकर्ताहरुको अस्थायी आश्रयस्थल थियो । यसैक्रममा तत्कालीन समयमा नेपालीकाँंगेसका यसक्षेत्रका वरिष्ठ नेता सरोजप्रसाद कोइरालाको पहलमा उनि नेपालीकाँंग्रेसमा सक्रिय भएका थिए । वि.सं २०१८ साल माघ ९ गते राजामहेन्द्र जनकपुर आउनलागेको थाहापाएर नेपालीकाँंग्रेसको एउटा हिस्साले उनिमाथी बमप्रहार गर्ने योजना बनायो । यसको निम्ति हालको जनकपुरधाम् उपमहानगरपालिका अन्तर्गत लोहना गाउँंका अरविन्द ठाकुर र दुर्गानन्दलाई यस्को जिम्मा दिइयो । राजा महेन्द्र माथी जनकपुर विमानस्थलमा बम प्रहार गर्ने पहिलो जिम्मेवारी अरविन्द ठाकुरको थियो, तर विमानस्थलमा गुप्तचरहरुले चिनेर उनि बम प्रहार गर्नुभन्दा पहिले नै पक्राउ परे । तर जनकपुरको जानकीमन्दिरको प्राङ्गणमा दुर्गानन्द राजामहेन्द्र माथी बमप्रहार गर्न सफल भए । उनले प्रहार गरेको बम राजा चढेको जीपको पछाडीपट्टी लाग्यो । गाडीलाई क्षती पुगे पनि राजा सुरक्षित रहे । संगै रहेको तुलसी गिरी केही छर्रा लागेर घाइते भए । दुर्गानन्द भीड छलेर त्यहाँंबाट भाग्न सफल भए । भनिन्छ उनि फर्केर पार्टी नेताहरुको सम्पर्कमा पुग्दा उनिसंग राम्रो व्यवहार गरिएन । यसमा नेपालीकाँंग्रेस भित्रको वैचारिक द्वन्दको कारण एउटा पक्ष उनिप्रति क्षुब्ध देखिएका थिए । जबकि एउटा अत्यन्त ऐतिहासिक कार्यभार पूरा गरेर फर्केको दुर्गानन्दसंग उच्च सम्मानपूर्ण व्यवहार गरिनु पर्दथ्यो । यसका पछाडीको कूटनीतिक कारणहरुमा नेपाली काँंग्रसको आश्रयदाता भारतको शासन राजा महेन्द्रमाथी दबाब दिने पक्षमा त थियो, तर उनिमाथी घातक प्रहारको पक्षमा थिएन भन्ने तथ्यपनि प्रमुख थियो । उता पञ्चायती सरकारले उनको गाउँंमा उनको घरपरिवारका सदस्यलाई पक्राउ गर्ने र निर्मम यातना दिनेगरेको समाचारपनि उनिसम्म पुगिरहेको थियो । एकातिर पार्टीभित्रको एउटा गूटको रुखो व्यवहार र अर्को्तिर परिवारका सदस्यहरुलाई सरकारी यातनाका समाचारहरुले दुर्गानन्दलाई ाुब्ध र विचलित बनाएको थियो । यसै अन्यौलमा उनले परिवारका सदस्यलाई मुक्ति दिन आफू पक्राउ दिने निर्णय गरे । (तत्कालीन समयमा नेपाली काँंग्रेसका कार्यकर्ता र पछि नेपाल सदभावना पार्टीका नेतासमेत भएका खुशीलाल मण्डलले दिएको एउटा अन्तर्वातामा जनकपुरमा तत्कालीन एसपी मानबहादुरले आन्तरिक पहल गरेका थिए भन्ने सुनेको भनेका छन्, तर उनि बाहेक यसको कुनै विश्वनीय आधार पाइँंदैन ।) यसैक्रममा वि.सं२०१९ साल वैशाखमा जयनगरबाट रेल चढेर जनकपुर आउने क्रममा परवाहामा गिरफ्तार भए । जनकपुरबाट उनलाई जलेश्वर नजिकको परिकौली ब्यारकमा राखियो र त्यसपछि हेलीकप्टरमा काठमाँंडौ सेन्ट्रलजेल पु¥याइयो । राणाकालको अन्तपछि नेपालको कानूनमा मृत्युदण्ड हटाइएको थियो, तर राजा महेन्द्रमाथी प्रहार गर्नेलाई मार्नकै निम्ति सम्विधानमा संशोधन गरियो र विशेष अदालतबाट ‘राजकाज अपराध र सजाय ऐन—२०१९’ बमोजिम वि.स. २०१९ भदौ १९ गते दुर्गानन्द, अरविन्द ठाकुर र दलसिंह थापालाई मृत्युदण्डको सजाय दिने निर्णय ग¥यो । त्यसै वर्ष फागुन १४गते सर्वोच्च अदालतलेपनि यस निर्णयलाई सदर ग¥यो । केही अपुष्ट स्रोतहरुका अनुसार राजामहेन्द्रकी जेठी रानी इन्द्रराज्य लक्ष्मीदेवी शाहको माध्यमबाट केही मानिसहरुले राजासमक्ष उनिहरुको निम्ति क्षमादानको पहलपनि गरेका थिए । तर दुर्गानन्दले गल्ती स्वीकार गर्न र क्षमा माँंग्न तयार भएनन् । यसैको परिणाम थियो राजा महेन्द्रले वि.स.२०२० साल पौष २१ गते दुर्गानन्दलाई मृत्युदण्ड दिने निर्णयलाई अन्तिम स्वीकृति दिए र अन्यको सजाय आजीवन कारावासमा परिणत भयो । यसको एकमहिना पछि वि.स.२०२० साल माघ १५ गते मध्यरातमा दुर्गानन्दलाई सेन्ट्रलजेलको गोलघर र जनाना जेल बीचको भागमा लगेर गोली हानेर मृत्युदण्ड दिइयो ।
मृत्युदण्ड दिने दिन उनलाई श्रीमति (काशीदेवी) र आमा सुकुमारीदेवीसंग भेँंट गर्न दिइएको थियो । गणतन्त्र आउँंदा तत्कालीन तराईमधेश लोकतान्त्रिक पार्टी (हाल राजपामा विलय) को तर्फबाट मनोनित सांसद भएकी श्रीमती काशीदेवीका अनुसार भेँंटका बेला आफूहरु दुःखी हुँंदा दुर्गानन्दले आफू देशको निम्ति बलिदान दिन लागेको र आफ्नो बलिदान व्यर्थ न हुने, देशमा निश्चय नै गणतन्त्र आउने भन्दै दुःखी न हुन भनेको थिए ।
दुर्गानन्दसंगै जेलपरेका र आजीवन कारावास सजाय भोगेका अरविन्द ठाकुरले पनि आफ्ना कयौँं अन्तरवार्तामा मृत्युदण्डको बेला उनको उच्च र उदात्त मनोभावको चर्चा गरेका छन् । अरविन्द ठाकुरको केही वर्ष पहिले मृत्यु भएको हो ।
दुर्गानन्द नेपालमा गणतन्त्रको सपना र विश्वास सहित शहादत दिएको पहिलो शहीद हुन् । अफसोस, वैचारिक मतान्तरको कारण उनि सम्बद्ध पार्टी नेपालीकाँंग्रेसले (कम से कम पार्टी भित्र भएपनि) उनलाई लामो समयसम्म शहीद घोषणासम्म गर्न रुचि देखाएन । देशमा शहीद सप्ताह मनाउने परम्परा पुरानो हो । माघ १० गते देखि १६ गतेसम्म राणाविरोधी संघर्षमा शहादत दिएका चारजना शहीद शूक्रराज शास्त्री, धर्मभक्त, गंगालाल र दशरथचन्दको नाममा मात्र शहीददिवस मनाउने परम्परा राजाकाल देखिको हो । यसै सात दिनभित्रकै तिथि (माघ१५)मा दुर्गानन्दले शहादत दिएका थिए । तर यो राजाशाहीकै प्रभाव थियो कि गणतन्त्रको निम्ति शहादत दिने महान नायकहरु ओझेलमा परेका थिए । देशमा गणतन्त्र आएपछि मात्र उनि शहीद घोषित भएका हुन् । साँंच्चै दुर्गानन्द गणतन्त्रका शहीद हुन् र यो गणतन्त्र उनिजस्तै हजारौँं महानायकहरुको शहादतको परिणाम हो ।
अफसोच, शहीदहरुको रगतबाट प्राप्त यस गणतन्त्रका सञ्चालकहरु देश र जनताको हितलाई उपेक्षा गर्दै र लोकतन्त्रलाई चतु¥याँंईपूर्वक चुनावी व्याख्यामा फँंसाएर नाफा र धनि वर्गको हातमा सुम्पेर लूट मच्चाइरहेका छन् । मेहनत गरेर खाने वर्ग चुनावी दासमा परिणत भएको छ र ठगिएको महसूस गर्दैछ । यी चतुर राजनीतिज्ञहरुले एउटा यस्तो धूत्याँंईपूर्ण गफेरी व्यवस्था जनतामाथी लादेका छन्, जस्मा गरिखाने वर्गको मतबाट गरिखाने वर्गमाथी नै शासन गरिन्छ । शासकवर्गले आफ्नो निम्ति पुस्तौँं पुग्ने सम्पत्ति जोडछन र जनताको थाल रित्तो नै रहन्छ । र यस धूत्र्याँंईपूर्ण व्यवस्थाबाट मुक्ति पाउने संघर्षलाई उनिहरुले अलोकतान्त्रिक र अराजक भन्दछन् । निश्चय नै दुर्गानन्दले कल्पना गरेको र हाँंसी हाँंसी मृत्युवरण गरेको गणतन्त्र यो होइन । यो अधूरो गणतन्त्र हो । दुर्गानन्द सांगठनिकरुपमा नेपालीकाँंग्रेसका सदस्य भएपनि उनले देखेको सपनाको गणतन्त्र सबैको हो र गणतन्त्रको निम्ति संघर्ष गर्ने सबैको निम्ति उनि महान शहीद हुन् । अहिले जसरी राजनीतिमा गैरवैचारिकता र नाफा चिन्तन बढदै गएको छ र युवापंक्ति विविध नक्कली प्रवाहमा दिग्भ्रमित हुँंदैछन, यस्तो परिस्थितिमा शहीद दुर्गानन्दको शहादत र उनको जनहित प्रति प्रतिबद्ध गणतन्त्रको सपनालाई नयाँं सन्दर्भमा परिभाषित गर्नु, ग्रहण गर्नु र त्यसबाट प्रेरणा प्राप्त गर्नु आवश्यक छ । (मधेश दर्पण फिचर सेवा)

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्