जनकपुरमा सडकमा पैसा फाल्ने मध्य एक महिलामा देखियो कोरोना

जनकपुरधाम, ६ वैशाख । जनकपुरमा शुक्रवार वाटोमा पैसा फालेर त्रा स फैलाउने दुई मध्य एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । प्रारम्भिक जाँच (आरडिटी)परिक्षणका क्रममा एक महिलामा कोरोना देखिएको हो । शुक्रवार धामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा शनिवार प क्रा उ परेका दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिए पछि अहिले पिसिआर टेस्ट भइरहको बताइएको छ।

शुक्रवार दिउँसो महावीर चोकमा पैसा फालेर फ रा र भएपछि सिसिटिभी फुटेजको आधारमा उनीहरुको खोजि गरिएको थियो । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई शनिवार दिउँसो प्रहरीले प क्रा उ गरेको हो । उनीहरु एकै परिवारका सदस्य रहेको र नातामा नन्द भाउजु रहेको बताइएको छ । शनिवार दिउँसो मस्जिद पछाडी लुकेर बसेको अवस्थामा उनीहरुलाई प क्रा उ गरिएको प्रहरीको भनाइ छ।

उनीहरुले सडकमा फालेको पैसामा कोरोना भएको हुन सक्ने भन्दै स्थानियमा त्रा स उत्पन्न भएपछि प्रहरीले खोजि सुरु गरेको थियो । पैसामा पनि कोराना भए नभएको परिषण भइरहेको छ । प्रहरीले ती पैसा टिपेर कोरोना परिक्षणकालागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ । ती महिलालाई हेर्नसाथ प्रहरीललाई जानकारी गराउन भन्दै जिल्ला प्रहरी कार्यालयले सिसिटीभीको आधारमा फोटो सार्वजनिक गरेको थियो।

ती महिलाले शुक्रबार दिउँसो वडा नं ५ महावीर चोकको सडकका विभिन्न ठाँउमा रु पाँच, रु १० र रु १०० दरका नोट छरेर फ रा र भएका थिए । स्थानीयले पैसा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान शुरु गरेको थियो । सिसिटिभी फुटेजमा मुख छोपेका दुई जना महिला देखिएपछि प्रहरीले तिनको खोजी तीव्र पारेको थियो । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सिसीटिभी फुटेज झिकाएर शङ्कास्पद देखिएका र स्थानीयले भनेको हुलियाका आधारमा महिलाको खोजी गरिएको थियो । सोहीअनुसार आज करिब २ः३० बजे जानकी नगरबाट उनीहरुलाई प क्रा उ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।