Logo

सबै दलका नेता अगाडि राष्ट्रपतिलाई साक्षी राखेर केपी ओलीले भने, ‘फेरी संसद बिघटन गर्छु’



प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलका नेता सामु फेरि संसद विघटन गर्ने बताएका छन् । उनले सरकार र संसद् राम्रोसँग चल्न नदिएको भन्दै राष्ट्रपति अगाडि सबैदलीय बैठक सामू यस्तो कुरा राखेका हुन् ।

सर्बोच्च अदालतको फैसलाले नेकपा विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीकै कुर्सी जाने जस्तो देखिएको छ ।

यसै मेसोमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक आयोजना गरेकी थिइन् ।

उक्त बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै यस्तो बताएका हुन् ।

तर, सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको निर्णय गरेको थियो । यसपछि फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना भएको थियो ।

उक्त बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिको पहलमा प्रधानमन्त्रीले फेरि संसद विघटन गर्नसक्ने सन्देश दिन सर्वदलीय भेला आयोजना गरिएको जस्तो भान परेको थियो ।

प्रधानमन्त्री ओलीले उक्त बैठकमा प्रतिनिधिसभा विघटन गरेर चुनाव जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि असन्तुष्टि जनाएका थिए ।

दलका नेताहरूले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको कान्तिपुरमा समाचार छ । ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता