Logo

‘एमाले ब्युँझियो’ भन्दै ओली पक्षले खुसीयाली मनाउँदा शंकर पोखरेलले दिए चकित् पार्ने प्रतिकृया



काठमाडौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले खुसीयाली मनाएका छन् ।

शनिवार भएको संसद बैठकमा पनि नेकपा एमालेको सांसदको हैसियतले सहभागी भएको भन्दै कतिपय सांसदले सामाजिक सञ्जालमा स्टाटस लेखे ।

प्रधानमन्त्री ओलीले पनि सर्वोच्चको फैसला स्वागत योग्य रहेको भन्दै हर्षित मुद्रामा प्रतिकृया दिए । देशब्यापी रुपमा पार्टी कार्यालयमा पनि नेकपा एमालेको वोर्ड राखिदै छ । यस्तो माहौल भइरहेका बेला एमाले खेमाकै नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल भने खासै खुसी देखिएका छैनन्।

उनले सामाजिक सञ्जाल फेसवुकमा अभिब्यक्त गरेको कुराले उनी खुसी नदेखिएको स्पष्ट हुन्छ । निर्वाचन आयोगमा पहिल्यै दर्ता ऋषि कट्टेलको नेकपालाई कानुनी मान्यता दिँदै सत्तारूढ नेकपालाई चाहिँ बदर गर्ने फैसला अदालतले आइतबार सुनाएको हो।

साथै तत्कालीन एमाले र माओवादी केन्द्र नै अस्तित्वमा रहेको भनिएपछि अहिले ओली समूहका एकपछि अर्का नेताले खुसी व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता