Logo

केरा खानुका यस्ता छन् फाइदा : क्यान्सर, मुटु रोगबाट बचाउँनेदेखी पेटको समस्या समाधान



काठमाडौँ – शरिरलाई स्वस्थ राखिराख्न हामिले नियमित फलफुल खाइरहनु पर्दछ । यस्तै फलफुलहरु मध्ये केरा हाम्रो स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ ।

यसको सेवनले धेरै रोगबाट टाढा रहन सकिन्छ । यसको सेवनले उच्च रक्तचापलाई सामान्य राख्छ अर्थात नियन्त्रण पनि गर्छ । यसका भिटामिन बी ६ पाइने हुनाले शरिरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँन युले मद्दत गर्छ ।

त्यस्तै यसको सेवनले तनाव पनि नियन्त्रण गर्छ । यसमा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । केरामा पाइने आइरन तत्वले रगतमा हेमोग्लोबिनको उत्पादन बढाउँछ र रक्तअल्पताबाट पनि बचाउन सहयोग गर्छ । केराको सेवन गर्ने गरेमा पेटको अम्लीयपन नष्ट हुन्छ ।

पखला लागेमा दही र केरा खानाले रोक्न सहयोग हुन्छ । यसले हाड बलियो बनाउने, अल्सर हुनबाट बचाउँने, स्मरणशक्ति बढाउँने, शरिरको तापक्रम नियन्त्रण गर्ने लगायतका धेरै राम्रो काम गर्छ ।

यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ बनाउछ र कब्जियतबाट बचाउँछ । यसको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइने हुनाले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ । यसको सेवनले पाचनक्रियालाई सामान्य बनाउन सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता