Logo

पुरुषले दुई विवाह गर्नैपर्ने नगरे जेल जानुपर्ने समाज



एजेन्सी । विश्वका हरेक देशमा विवाह गर्ने अलग–अलग संस्कृति हुन्छन् । कतै एक विवाह मात्र गर्छन् भने कतै एक भन्दा धेरै विवाह गर्न पनि अनुमति दिएका हुन्छन् ।

यसको साथै एक यस्तो देश छ जहाँ एक पुरुषले दुई महिलासँग विवाह गर्नै पर्छ । यस आदेशको पालना नगर्ने पुरुषले जेल जानु पर्छ ।

अफ्रिकी देश इरीट्रियामा पुरुषको लागि दुई विवाह गर्नु आवश्यक पर्छ । यसको कारण महिलाको अनुपातमा पुरुषको सख्या धेरै कम छ । यसैकारण एक पुरुषले दुई महिलासँग विवाह गर्नै पर्छ ।

त्यहाँको सरकारले यसको लागि कानुन पनि बनाएको छ । यस सरकारी कानुन नमान्ने पुरुषलाई सजाय पनि तोकिएको छ ।

यदि पुरुषले दुई विवाह नगरेमा जेल पनि जान सक्ने प्रावधान रहेको छ । साथमा पहिलो पत्नीले दोस्रो विवाहलाई लिएर कुनै प्रकारका आनाकानी गर्ने कोशिश गरेमा महिलालाई पनि उमेर कैदको सजाय तोकिएको छ ।

यस कानुुनको कारण देशमा दुई विवाह गर्ने पुरुषको संख्यामा लगातार वृद्धि भइरहेको छ ।

इरिट्रियाको यस्तो कानुनको विश्वका अन्य देशहरुले आलोचना गरिरहेका छन् । तर हालसम्म पनि इरिट्रियाले यो कानुनलाई फिर्ता लिन कुनै कदम चालेको छैन ।
अर्को समाचार

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भएको परिवर्तनलाई उल्ट्याउने शक्तिको चलखेल शुरु भएको बताएका छन् । योङ्ग कम्युनिष्ट लिग नेपाल ९वाइसिएल०को माडी नगर भेला एवं जनसभालाई आज माडीमा सम्बोधन गर्दै उनले पुस ५ गतेको प्रतिनिधिसभा विघटनले लोकतन्त्र र गणतन्त्रमाथि ठूलो प्रहार भएको भन्दै देशमा अझै खतरा नटरेको बताए

उनले भने, “अहिलेको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ । एकथरी तत्व लागिपरेका छन् ।”

संविधानको समानुपातिक र समावेशी चरित्रमाथि प्रहार भएसँगै यसको फाइदा लिँदै परिवर्तन नचाहने यसलाई उल्ट्याउन लागि परेको उनको भनाइ थियो । गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै दाहालले भने, “७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन् ।”

केही दिनमा नै नयाँ युगको शुरुआत हुने भन्दै उनले कांग्रेससहित दलसँग सरकार परिवर्तनका विषयमा छलफल भइरहेको बताए ।

उनले भने, “प्रदेशबाट शुरु भएको परिवर्तन केही दिनमा नै केन्द्रमा पनि हुँदैछ ।” आफू अहिले पनि कम्युनिष्ट एकताका पक्षमा रहेको बताउँदै उनले प्रतिक्रियावादी शक्ति लागेर पार्टी विभाजन गराएको दाबी गरे ।

आफ्नो इच्छा कम्युनिष्ट आन्दोलनका शक्तिलाई एक ठाउँमा ल्याउने रहेको भन्दै उनले अन्तिम अवस्थासम्म एकता गराउने बताए । फरक प्रसङ्गमा उनले निकुञ्ज र माडीवासी बीचको सम्बन्ध सुधारका लागि निकुञ्ज ऐन संशोधनका लागि आफू लागिपरेको जानकारी दिए । माडीका समस्या समाधान गर्दै अघि बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा योङ्ग कम्युनिष्ट लिग नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउने तवरले आफ्ना कार्यक्रम गाउँस्तरमा पु¥याउन कार्यकर्तालाई निर्देशन दिए । सो अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, योङ्ग कम्युनिष्ट लिग चितवनका इञ्चार्ज सन्तोष पनेरुलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता