Logo

बिहारमा मतदान शुरू



काठमाडौं, कार्तिक १२ । भारतको बिहारमा आज विधानसभाको पहिलो चरणको निर्वाचन शुरु भएको छ। कुल दुई सय ४३ सिट रहेको विधानसभाका लागि मतदान शुरु भएको हो।

पहिलो चरणको निर्वाचनमा ६ जिल्लाका कुल ७१ सिटका लागि मतदान हुने छ। जनता दल पार्टीका नीतीश कुमार मुख्यमन्त्रीको दौडमा चुनावी मैदानमा छन्। त्यस्तै लालु यादवका छोरा तेजस्वी यादव राष्ट्रिय जनता दलबाट मुख्यमन्त्री पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता