Logo

अमेरिकी राष्ट्रपति निर्वाचन हप्ता दिन बाँकी, तर पचास प्रतिशत मतदान सम्पन्न



अमेरिकामा नोभेम्बर ३ मा ५९ औं राष्ट्रपति चुन्न मतदान हुँदैछ। तर निर्वाचनको दिन अगावै धमाधम मतदान शुरु भइसकेको छ। कसैले हुलाकबाट त कसैले अर्ली भोटिङमा उपस्थित भएर मतदानमा सहभागी भइरहेका छन्।

न्युयोर्क टाइम्सका अनुसार यसपटक सन् २०१६ को राष्ट्रपतिको निर्वाचनमा खसेको जति मत त हुलाकबाट आइपुगिसकेको छ। ६ करोड ९५ लाख बढी मतहरु यसरी आइपुगेका हुन्। यो ५०.४ प्रतिशत मत हो र यति नै कुल मत सन् २०१६ मा खसेको थियो।

कोभिड-१९ महामारीका कारण मानिसहरु मतदानस्थलसम्म उपस्थित हुन नसक्ने उल्लेख गर्दै हुलाकबाट मतपत्र पठाएर मतदान गरिरहेका छन्। यसैगरी कतिपयले मतदानस्थलमै सहभागी भएर अर्ली भोटिङ गरिरहेका छन्। अमेरिकामा अर्ली भोटिङको प्रावधान रहेको छ। अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उनकी श्रीमती करेनले स्थानीय समयअनुसार गत शुक्रवार सवा ८ मा मतदान गरेका छन्। उनीहरुले इन्डियनापोलिस सिटी काउन्टी पुगेर मतदान गरेका हुन्।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शनिवार नै फ्लोरिडा पुगेर मतदान गर्ने गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता