Logo

भारी वर्षापछि आएको पहिरोमा पुरिएर २२ जनाको मृत्यु, ५० बेपत्ता



भारी वर्षापछि आएको पहिरोमा पुरिएर २२ जनाको मृत्यु, ५० बेपत्ता

मध्य भेनेजुएलामा गएको एउटा पहिरोमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । देशमा भारी वर्षापछि एउटा नदीको प्रवाह बढ्दा देशमा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् ।

ऐतिहासिक रूपमा उच्च वर्षाको परिणाम स्वरूप संकटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।

हामीले यहाँ धेरै ठूलो मानवीय क्षति देखिरहेका छौँ । अहिलेसम्म हामीले २२ जनाको मृत्यु भएको फेला पारेका छौं । त्यहाँ ५२ जनाभन्दा बढी व्यक्ति बेपत्ता छन्’, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भने ।

बाढील दर्जनौ घर तथा व्यवसाय ध्वस्त भएका छन भने रुख, माटो र भग्नावशेषले सडक ढाकिएको छ । करिब एक हजार मानिस उद्धार कार्यमा सामेल भएका आन्तरिक र न्याय मन्त्री रेमिगियो सेबालोसले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता