Logo

काठमाडौंमा ट्रकले किचेर ट्रकका साहुको निधन



काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको निधन भएको छ । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार निधन भएको हो ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै निधन भएको जानकारी दिनुभयो । प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

त्यस्तै जिल्लाको दशरथचन्द नपा–१० बुड्डामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुरनयाँ गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरत पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीया पार्वती चन्द, पाटन नपा–५ ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नपा–२ का ५८ वर्षीय कृष्णलाल लावडको निधन भएको हो ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाटबाट सदरमुकाम गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नपा–१० बुड्डामा आज दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त जीप सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा जीपका चालक गोपालसिंह कार्की गम्भीर घाइते भएका छन् । उनको धनगढीमा उपचार भैरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका उनीहरु पेन्सन बुझेर घर फर्कने क्रममा थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता