Logo

बे’वारिसे श’व जलाउने १८ वर्षीया सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा



परा पूर्वकालदेखि नै मृत शरीरलाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दागबत्ती दिने गरेको र छोरासरह क्रियापुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्। म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन्। उनको अवस्था भने अरुको भन्दा फरक छ। वेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएरकाठमाडौं – अन्तिम संस्कार गर्छिन् सपना।

१८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था ९बिबिसी० ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।

बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्।

परिचय नै नभएका वेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ । पढाइमा अब्बल सपनाले २०७३ सालमा म्याग्दीकै महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसईई दिइन्। त्यसपछि आफ्ना अनगिन्ती लक्ष्य र बाबुआमाको सपना बोकेर गाउँ छाडेर सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना भइन्।

घर छाडेपछि उनको दैनिकी र साथी संगत दुबै फेरियो। जोकोहीसँग पनि एकदमै छिटो घुलमिल हुन सक्ने र अरुको दुख देख्न नसक्ने उनको बानी थियो।

काठमाडौँ आएपछि उनको विनयजंग बस्नेतसँग भेट भयो। सपनाले विनयलाई बुवा मान्छिन्। विनयको छोरी सलिना जंग बस्नेत, जोसँग सपनाको जापान जाने क्रममा कनसलटेन्सीमा भेट भएको थियो, त्यही क्रममा विनयसँग पनि भेट भएको थियो।

विनयले बेवारिसे शवको दाहसंस्कार गर्ने काम गर्छन्। उनले हालसम्म करिव ३०० वेवारिसे शवहरु दाहसंस्कार गरिसकेका छन्। सपना पनि विनयबाट प्रेरित भइन्। र जिद्धी गरिन् आफूले पनि त्यही काम गर्छु भनेर। सपना भन्छिन, ‘बुवाले सानो छस्, अहिले नगर भन्नुहुन्थ्यो, मैले धेरै नै जिद्धी गरेँ।’

एकदिन विनयले टिचिङ अस्पतालको शव गृहमा सपनालाई लिएर गए। उनी जुन स्पीडमा उत्साहित भएर त्यहाँ गएकी थिइन्, त्यही स्पीडमा बाहिर आएर धुरुधुरु रोइन्। उनले थपिन्,‘लास जताततै थियो, कतै खुट्टा, कतै हात, शरीर मिलाउन खोज्यो चुँडिएर सबै तल झर्छ। त्यति धेरै लासहरुलाई देखेर पनि होला अहिले त माया लाग्छ लासहरुको।’

पहिलो शव जलाउँदा उनी १७ वर्षकी थिइन्। दागबत्ती दिने क्रममा एकदमै भावुक भएकी थिइन् सपना। उक्त शव एक युवतीको थियो, जसको सपनाले पहिलो पटक दाहसंस्कार गरिन्। सपना भन्छिन्, ‘वरिपरि भएका अरु शवका अगाडी आफन्तहरु रोइरहेका थिए तर यो शव भने एक्लै थियो।’

सपनालाई लाग्यो कुनै समय त उसको पनि परिवार थियो होला, तर परिस्थितिले गर्दा यसरी वेवारिसे हुनुपर्‍यो। शव जलाउँदै गर्दा उनी त्यही छेउमा बसेर धेरै बेर रोएर आफ्नो विगत सम्झिइन्।

छोरा मान्छेले मात्र दागबत्ती दिनुपर्ने हाम्रो नेपाली समाजको परम्परा सपनालाई आफूले तोडेको जस्तो लाग्छ। उनको घरमा पनि आफूले वेवारिसे शवलाई दागबत्ती दिन्छु भन्दा खुसी भएका थिए।

सपना भन्छिन्, ‘सबैजनाले सपना कस्तो स्ट्रोङ, कहिले रुँदैन भन्छ, तर म जति सायद यो संसारमा कोही रुँदैन होला। कुनै समय आफ्नै इगोले गर्दा वेवारिसे जिन्दगी बिताएर पनि होला, सडकमा त्यस्ता मान्छे देखेँ भने दुःख लाग्छ।’

विगतका दिन सम्झिँदै गर्दा अहिले उनलाई आफैप्रति गर्व छ। ‘बल्ल सबैजनाको विश्वास जित्दै छु’, उनले थपिन्, ‘हिजोको सपना जो सडकमा आफै वेसाहरा भएर कसैको साहरा खोजिरहेको थिई आज त्यही सपना वेवारिसेहरुको साहरा बनेकी छ।’

कति दिनदेखि अन्तिम संस्कार नगरिएका शवहरु जलाएर मुक्ति दिए जस्तो लाग्छ सपनालाई आजभोलि। एकपटक उनले एकमुस्ट रुपमा पाँचवटा शवलाई दागबत्ती दिनु परेको थियो। चार वटा नवजात शिशुहरुको एकैपटक अन्तिम संस्कार गर्दा उनी भक्कानिएकी थिइन् जन्मेर आँखा खोल्न नपाइ उनीहरुले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता