Logo

‘होम आइसोलेसन’मा संक्रमितको मृत्यु भए आफन्तले शव व्यवस्थापन गर्न पाउने



काठमाडौं, कार्तिक २ । घरमै आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्न मिल्ने गरी स्वास्थ्य मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ । मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि संशोधन गरेको हो ।

यसअघिको मापदण्डमा अस्पतालमा मृत्यु भएका संक्रमितको व्यवस्थापन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले मात्रै गर्न सक्ने नियम थियो । घरमै मृत्यु भएमा के गर्ने भन्ने कार्यविधिमा समेटिएको थिएन ।

पछिल्लो समय अस्पताल र आइसोलेसन सेन्टरमा भन्दा होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएपछि मन्त्रालयले सर्वसाधारणले भोगेको समस्या हटाउन यस्तो मापदण्ड तय गरेको जनाएको छ । काठमाडौंमा एक साताअघि घरमै आइसोलेसनमा बसेका बेला मृत्यु भएपछि तत्काल शव व्यवस्थापन हुन नसक्दा आफन्तले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत गुहारेका थिए । ‘

काठमाडौं उपत्यकामा संक्रमितको मृत्यु भए तीन जिल्लाका सेनाको टोलीले पालैपालो व्यवस्थापन गरिरहेका छन् । एकै दिन फरक जिल्लामा एकभन्दा बढीको मृत्यु भएमा एउटै टोलीले व्यवस्थापन गरेर क्वारेन्टाइन बस्ने गरेको छ । एक दिन एउटा जिल्लाको टोली परिचालन हुन्छन् भने अर्को दिन अर्को जिल्लाको टोली शव व्यवस्थापनमा खटिने गरेको छ ।

घरमै संक्रमितको मृत्यु भएमा आफन्तले नै व्यक्तिगत सुरक्षा सामग्री पन्जा, मास्क, पूरा बाहुला भएको गाउन प्रयोग गरी शवलाई र्‍याप गरी ब्यागमा राख्ने काम गर्नुपर्छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता