Logo

मनतातो पानिको यस्ता छन् ५ आश्चर्यजनक फाइदा



काठमाडौँ। पानी एक प्राकृतिक औषधी हो र यसले विभिन्न रोगहरूलाई निर्मूल गर्न मद्दत गर्दछ। सामान्यतया मनतातो पानी भन्नाले न चिसो न तातो जसलाई सजिलै सँग मानिसले पिउन सक्छन् । यसले पाचन सुधार गर्नुका साथै, कब्जियतको समस्यालाई पनि निर्मूल गरी शरीर लाइ आराम महसुस गराउँदछ। त्यसै गरी मनतातो पानी जाडो मौसममा मात्र नभएर यो हरेक मौसमका लागी लाभदायक छ। अध्ययन अनुसार मनतातो पानीले केही हद सम्म शारीरिक दुखाइहरू समेतलाई कम गर्ने गर्दछ।

जानिराखौँ मनतातो पानीको अचुक फाइदाहरू:

१. पाचन प्रणालीको सुधार: दैनिकरुपमा मनतातो पानीको सेवनले पाचन प्रणालीलाई सुधार गर्नुको साथै यसले खानालाई सजिलै पचाउन मद्दत गर्दछ। यसले कब्जियत भएका व्यक्तिलाई समेत रामवाणको काम गर्दछ। कतिपय मानिसहरूलाई जाडो मौसममा पिसाब सम्बन्धी समस्या हुने गर्दछ जसका कारण उनीहरूले नियमित रूपमा टोइलेट गइराख्नु पर्दछ। यस्तो समस्याबाट बच्न यदि त्यस्ता मानिसले जाडो मौसममा सधैँ मनतातो पानी पिउँदा यस्ता समस्याहरू हटेर जान्छ ।

२. रुघा खोकीलाई टाढा राख्ने : चिसो मौसममा प्राय: मानिसहरूलाई रुघा खोकी लाग्ने गर्दछ। दैनिक मनतातो पानीको सेवनले जाडो मौसममा हुने सम्पूर्ण भाइरल तथा सङ्क्रमणहरूलाई टाढा राख्दछ। त्यसै गरी, यदि कोही व्यक्ति त्यस्तो सङ्क्रमण भएको व्यक्तिको सम्पर्कमा आउँछ भने सङ्क्रमणको समस्या आउन नदिन दैनिक मनतातो सेवन गर्नु लाभदायक हुने गर्दछ।

३. रक्त प्रवाहमा सहयोग: दैनिक मनतातो पानीको सेवनले शरीरमा रक्त प्रवाह राम्रो सँग हुने गर्दछ। यदि शरीरमा राम्रो सँग रक्त प्रवाह भयो भने रक्तचाप देखि हृदय सम्बन्धी रोगको जोखिम कम भएर जान्छ। त्यसैगरि रात्रिकालीन अवस्थामा मनतातो पानीले नुहाउँदा आरामदायी निद्रा लाग्ने गर्छ।

४. तनावको स्थिति घटाउन सहयोगी: एक अध्ययनका अनुसार, नियमितरुपमा मनतातो पानी पिउँदा केन्द्रीय स्नायु प्रणालीको कार्यहरू सुधार हुनुको साथै यसले चिन्ता वा तनावबाट मुक्ति दिने गर्दछ। त्यसै गरी, यदि त्यस मनतातो पानीमा थोरै दूध मिसाएर पिउँदा मानिसलाई शान्त महसुस गराई कार्यक्षमतालाई वृद्धि गर्ने गर्दछ।

५.अनावश्यक तौल घटाउन मद्दत गर्दछ: जाडो मौसममा मानिसहरू प्राय: चिल्लो, पिरो, फ्राइड तथा अन्य परिकारका खानाहरू सेवन गर्ने गर्दछन् र यी खानाहरू चिसो मौसममा पच्ने पनि गर्दछन्। अन्ततः यसले तौल बढ्ने समस्या निम्त्याउद छ जसले गर्दा जाडो मौसममा प्राय:को तौल बढ्ने गर्दछ। यदि नियमित रूपमा मनतातो पानी पिउँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता