Logo

हड्डी तथा मुटुलाई स्वस्थ राख्ने ’भिटामिन के’ यी ५ खानामा भरपुर मात्रामा पाइन्छ



काठमाडौँ। मानिसलाई हरेक दिन ऊर्जावान रहन दैनिक आवश्यक पोषक तत्वहरू चाहिन्छ, जसले समग्र स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने गर्दछ। हामी सबैले भिटामिन ए, बी, सी, डी र ई को महत्व थाहा छ। तर, भिटामिन के को महत्त्वबारे हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ। भिटामिन के पनि मानिसको शरीरलाई नभइ नहुने पोषक तत्व हो।

यसले मानिसको स्वास्थ्यमा अरु भिटामिनको जस्तै महत्वपूर्ण भूमिका खेल्छ। यो एक फ्याट घुलनशील भिटामिन हो, जसले हड्डीहरूलाई मजबुत राख्दछ । भिटामिन के ले घाउहरूलाई निको पार्नदेखि लिएर मुटुको स्वास्थ्यलाई पनि लाभदायीक हुने गर्दछ।

यस भिटामिनको नियमित सेवनले टाइप २ मधुमेह हुने जोखिमलाई पनि कम गर्दछ। विशेष गरी यो भिटामिन पात भएको सागसब्जीमा पाइने गर्छ।

जानिराखौं भिटामिन के युक्त ५ खानेकुरा
१.पालुङगोको साग : यस सागमा भिटामिन के भरपुर मात्रामा पाइने गर्दछ। भिटामिन के प्रशस्त मात्रामा पाइनुको कारण यसमा कोलेस्ट्रोलको मात्रा अत्याधिक कम हुन्छ, जसले मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्दछ। भिटामिन ( के का साथ साथै यस आहार फाइबर, भिटामिन ए, सी र आइरनको मात्रा पनि पाइन्छ।

२. केलको साग : केल बन्दाकोबीको परिवारमा पर्ने एक एक लोकप्रिय तरकारी हो। दैनिकरुपमा शरीरका लागि चाहिने भिटामिन के यसमा ५० प्रतिशत भन्दा बढी हुन्छ। यसमा फाइबर, प्रोटीन, र ओमेगा ३ फ्याट्टी एसिडको पनि राम्रो स्रोत हो।

३. ब्रोकाउली : पोषक तत्वको एक समृद्ध स्रोत हो ब्रोकाउली । यसमा धेरै आवश्यक भिटामिन र खनिज तत्वहरु पाइन्छ, जसले समग्र स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ।

४. माछा : माछा भिटामिन के को एक राम्रो स्रोत हो। यसका साथै, माछामा क्याल्सियम, फस्फोरस, आइरन, जिंक, आयोडिन, म्याग्नेशियम र पोटाशियम प्रशस्त मात्रामा पाइन्छ, जुन समग्र स्वास्थ्यका लागि लाभदायिक हुन्छ ।

५. किवी : किवीमा भिटामिन के प्रशस्त मात्रामा पाइन्छ। यस बाहेक, यो फल भिटामिन ए, बी १२, बी, ई, आइरन, क्याल्सियम र पोटेशियमको समृद्ध स्रोत पनि हो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता