Logo

सिरियामा रुसी हवाई आक्रमण, ५० भन्दा बढी टर्कीसमर्थित लडाकूको मृत्यु



एजेन्सी–उत्तरी सिरियाको इडबिल प्रान्तमा रुसले गरेको हवाई आक्रमणमा ५० भन्दा बढी टर्कीसमर्थित लडाकू मारिएका छन्।

क्रमणमा कैयौं लडाकू घाइते भएका छन्। हवाई आक्रमणपछि त्यस क्षेत्रमा हिंसा भड्किएको छ।

रुसीले फायलाक अल शाम नामक संगठनको तालिम केन्द्रलाई निशाना बनाएको बताइएको छ। यो आक्रमणका कारण इडलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्धविराम संकटमा परेको छ।

सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले विरोधी समूहलाई समर्थन गर्दै आएका छन्। बेलायतस्थित संस्था सिरियन अब्जरभेटोरी फर ह्युमन राइट्सका अनुसार उक्त आक्रमणमा मर्नेको संख्या ७८ पुग्ने आँकलन गरिएको छ। गत मार्चमा भएको युद्धविराम यता भएको यो सबैभन्दा ठूलो आक्रमण हो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता