Logo

नमाज पढ्का लागि ७ महिनापछि खुल्यो मक्काको मस्जिद



एजेन्सी । साउदी अरबले सात महिनापछि पहिलोपटक मक्काको अल-हरम मस्जिदमा नमाज पढ्ने अनुमति दिएको छ । मक्कालाई इस्लाम धर्ममा सबैभन्दा पवित्र धार्मिक स्थल मानिन्छ ।

साउदी अरबको सरकारी टेलिभिजन च्यानलका अनुसार देशका नागरिक र मक्कामा बासोबास गर्दै आएका स्थानीयलाई अब अल-हरम मस्जिदमा नमाज पढ्ने अनुमति हुनेछ ।

सेप्टेम्बरको सुरुवातमा साउदी अरबले आफ्ना नागरिकलाई इस्लाम धर्मावलम्बीहरुका पवित्रस्थलहरु मक्का र मदिनामा तीर्थयात्राको अनुमति दिएको थियो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि साउदी अरबले सात महिनाअघि मक्का र मदिनाको यात्रामा रोक लगाएको थियो । -बीबीसी

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता