Logo

१२ वर्षे बालकले करोडौँ वर्ष पुरानो डाइनोसरको दुर्लभ अस्थिपञ्जर फेला पारे



क्यानडा : नाथान रुस्किन सम्झनसक्ने भएदेखि नै एक वैज्ञानिक बन्न चाहन्थे । र संयोगवश १२ वर्षीय यी बालकले महत्वपूर्ण अन्वेषण गरिसकेका छन् ।

 

उनले हालै क्यानडाको अल्बेर्टास्थित एक संरक्षित क्षेत्रतिर आफ्ना बाबुसँग हिँड्ने क्रममा एउटा दुर्लभ र निकै पुरानो डाइनोसरको अस्थिपञ्जर भेट्टाए । ‘यसरी वास्तविक चिज नै भेट्न सक्नु एकदमै अचम्मको हो, यो एक किसिमले मेरो सपना जस्तै कुरा थियो,’ रुस्किनले भने ।

रुस्किन ७ कक्षामा पढ्ने विद्यार्थी पनि हुन् । क्यानेडियन स्थानीय मिडियामा जनाइए अनुसार उनले पत्ता लगाएको डाइनोसरको अस्थिपञ्जर ६ करोड ९० लाख वर्ष पुरानो थियो । नथान र उनका बाबु डियोनले यसअघि यही क्षेत्रमा यसै गरी हिँड्ने क्रममा एउटा हड्डीको टुक्रा फेला पारेका थिए । तर उनीहरुले त्यस हड्डीलाई पहाडमाथिबाट बगेर आएको हुनसक्ने सोचे ।

 

नाथानले पछि पहाडको टुप्पोतिर पुगेरै यसलाई खोज्न थाले । नाथानले धेरै मेहनत गरी यस क्षेत्रमा केही भेटिनसक्ने भन्दै खोज्न थाले । र यस काममा बाबु डियोनको पनि सहयोग लिए । नाथानका बाबु भन्छन् कि, छोराले त्यहाँ अस्थिपञ्जर पक्कै पनि भेटिनसक्छ । जस्तै कि टिभी शो वा कार्टुन वा केहीमा देखिए झैँ त्यहाँ जीवाशेष हुनसक्ने आंकलन गरे ।

यसैले बाबु छोराले उक्त हड्डीको तस्बिर ‘रोयल ट्यारेल म्युजियम अफ पाल्योन्टोलोजी’ मा पठाइदिए । जुन चाहिँ जीवाशेष भएको पहिचान भयो र उक्त संग्रहालयबाट विज्ञहरुको एक टोली उक्त ठाउँमा पुग्यो ।

अल्बर्टा क्षेत्रमा यस्ता जीवाश्महरु कानुनमार्फत संरक्षण गरिन्छ । उक्त टोलीले यस क्षेत्रमा दुई महिनादेखि काम गरिरहेको छ । जहाँ ३० देखि ५० वटा हड्डी भेटिसकेका पनि छन् । संग्रहालयका क्युरेटर फ्रान्कोइस थेरियनले भनेका छन्, ‘नाथान र डियोनको खोजले डाइनोसर विकासको हाम्रो ज्ञानमा भएको अभावलाई पूर्णता दिने काम गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता