Logo

१.७४ अंकले बढ्यो नेप्से परिसूचक, मुक्तिनाथ विकास बैंकको शेयरमूल्यमा सर्वाधिक वृद्धि



असोज २६, काठमाडौं । बिहीवारदेखि घटेको नेप्से परिसूचक सोमवार भने १ दशमलव ७४ अंकले बढेको छ । नेप्से परिसूचक १ हजार ५७८ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो ।

अघिल्लो कारोबार दिन आइतवार ११ दशमलव ३४ अंकले घटेर १ हजार ५७६ दशमलव २७ विन्दुमा बन्द भएको नेप्से सोमवार १ हजार ५८० दशमलव १५ विन्दुदेखि खुला भएको हो ।

यो दिन नेप्से परिसूचक १ हजार ५६६ दशमलव ८४ विन्दुसम्म झरेको थियो भने १ हजार ५८० विन्दुसम्म पुगेको थियो । नेप्से परिसूचकसँगै सोमवार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ३७ अंक बढेर ३१३ दशमलव १० विन्दुमा पुगेको छ ।

यस दिन रू. १ अर्ब ९४ करोड ९० लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यो दिन १८९ ओटा कम्पनीको ३१ हजार ८३७ पटकको व्यापारमा उक्त रकम बराबरको ६८ लाख १५ हजा ७१० कित्ता शेयर कारोबार भएको हो ।

सोमवार सर्वाधिक रकमको शेयर कारोबार मुक्तिनाथ विकास बैंकको भएको छ । उक्त कम्पनीको रू. १६ करोड ५० लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य यो दिन ९ दशमलव ८५ प्रतिशतले बढेको हो ।

सोमवार उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६८ कायम भएको छ । यो दिन सबैको लघुवित्त कम्पनीको शेयरमूल्य सर्वाधिक ६ दशमलव शून्य ५ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५ ले घटेर अन्तिम मूल्य रू. ८५४ कायम भएको हो ।

सोमवारको कारोबारमा विकास बैंकको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ । कारोबारमा आएका १२ ओटा समुहमध्ये विकास बैंक समुहको परिसूचक सर्वाधिक ३ दशमलव ८८ प्रतिशत बढेको छ । यस दिन बैंकिङ्को शून्य दशमलव १९ प्रतिशत, व्यापारिकको शून्य दशमलव २१ प्रतिशत, होटलको शून्य दशमलव ४ प्रतिशत र लघुवित्तको शून्य दशमलव १६ प्रतिशत परिसूचक बढेको छ ।

आइतवार सर्वाधिक बढेको वित्त समुहको परिसूचकमा सोमवार भने सर्वाधिक गिरावट आएको छ । यस दिन वित्त समुहको परिसूचक १ दशमलव ३५ प्रतिशतले घटेको हो ।

त्यस्तै जलविद्युत् समुहको शून्य दशमलव ५२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव १६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५ प्रतिशत, अन्यको शून्य दशमलव १८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २५ प्रतिशत परिसूचक घटेको छ ।

आर्थिक वर्षको शुरु भएको तीन महीना वित्नलाग्दा पनि सूचीकृत धेरैजसो कम्पनीहरुले लाभांश घोषणा गर्न सकेका छैनन् । यतिवेला लगानीकर्ताको मनोबल सूचीकृत कम्पनीहरुको लाभांशले बढाउनुपर्ने अवस्थामा लाभांश घोषणामा ढिलाई हुदाँ बजारमा खरीदभन्दा विक्री चाप बढी देखिएको छ । अल्पकालिन लगानीकर्ताको कारण बजारले सहि गति लिन नसकेको जानकारहरु बताउँछन् ।

पछिल्लो समय छोटो समयमै कमाएको नाफा बुक गरिहाल्ने प्रवृत्तिका कारण बजारले सहि गति लिन नसकेको जानकारहरुले विश्लेषण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता