Logo

एक घण्टामा ६२ करोडभन्दा बढीको शेयर कारोबार, नेपाल लाइफको सबैभन्दा बढी



असोज २५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवारको पहिलो घण्टामा रू. ६२ करोड १५ लाख १८ हजार बराबरको शेयर कारोबार भएको छ ।

उक्त अवधिसम्म १७८ ओटा कम्पनीको १० हजार ५३२ पटकको व्यापारमा उक्त रकम बराबरको २४ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको हो ।

यो दिन बजार १ हजार ५९४ दशमलव शून्य १ विन्दुदेखि खुलेको छ । एक घण्टाको कारोबारमा १ हजार ५७७ विन्दुसम्म पुगेर बजार उकालो लागेको छ । उक्त अवधिसम्म बजार १ दशमलव शून्य ८ अंक बढेर १ हजार ५९० दशमलव ७१ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स भने उक्त अवधिसम्म शून्य दशमलव ६३ अंक घटेर ३१४ दशमलव १४ विन्दुमा झरेको छ ।

आइतवार एक घण्टाको कारोबारमा सर्वाधिक रकमको कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । उक्त कम्पनीको यस अवधिसम्म रू. ६ करोड ११ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको हो ।

एक घण्टामा आईसीएफसी फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८२ प्रतिशतले बढेको छ भने अरुणभ्याली हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८ दशमलव ९२ प्रतिशत घटेको छ ।

एक घण्टाको कारोबारमा बैंकिङको शून्य दशमलव २ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य २ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य २ प्रतिशत परिसूचक घटेको छ ।

उक्त अवधिसम्म होटलको शून्य दशमलव शून्य २ प्रतिशत, विकास बैकको शून्य दशमलव ३७ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३५ प्रतिशत, वित्तको १ दशमलव १ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको शून्य दशमलव २ प्रतिशत, अन्यको शून्य दशमलव १७ प्रतिशत र जीवन बीमाको १ दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।

आइतवार एक घण्टाको कारोबारमा वित्त र जीवन बीमा समुहप्रति लगानीकर्ताहरुको आकर्षण उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता