Logo

शेयर बजारको रौनक : दिन प्रतिदिन दोहोरो अंकको वृद्धि



काठमाडौं । आसन्न दशैंको समयमा शेयरबजारमा उत्साह देखिएको छ । मंगलवार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । विश्व बजारमा बढिरहेको शेयर बजार नेपालमा पनि बढ्दो क्रममानै देखिएकोे छ ।

मंगलवार शेयर बजार परिसुचक नेप्से १३.२२ अंकले उकालो लाग्दै १५८३.६१ अंकको विन्दुमा कारोबार बन्द भएको छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.६५ अंकले उकालो लाग्दै ३१३.५५ अंकको विन्दुमा बजार बन्द भएको छ ।

०.८४ प्रतिशतले बढेको बजारमा सम्पूर्ण समुहको परिसुचक वृद्धि भएको छ । कारोबारमा आएका १२ समुह मध्य १२ वटै समुहको परिसुचक बढेको छ । जसमा जलविद्युत समुहको परिसुचक सर्वाधिक २.०२ प्रतिशतले बढेको छ भने विकास बैंक, वित्त, होटल, अन्य र म्यूचल फन्ड समुहको परिसुचक १ प्रतिशत भन्दा घेरैले बढेको छ भने बाँकि सबै समुहको परिसुक १ प्रतिशत भन्दा थोरैले बढेका छन् ।

मंगलवार अरुण काबेली पावर लिमिटेडको सर्वाधिक ९ करोड १ लाख १ हजार ५ सय ८० रुपैयाँको कारोबार भएको छ त्यस्तै शेयर संख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेड अग्र स्थानमा रहेको छ । उक्त कम्पनीको ३ लाख ५४ हजार ५ सय ५६ कित्ता शेयरको खरिदविक्रि भएको छ । अपि पावर कम्पनी लिमिटेडकै सर्वाधिक ९२० पटक कारोबार भएको छ ।

मंगलबार ९ प्रतिशत भन्दा धेरैले कमाउने ४ कम्पनी रहेका छन् । पहिलो स्थानमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ भने बाँकि जलविद्युत समुहका कम्पनी रहेका छन् भने नेपाल फाइनेन्स लिमिटेडको सर्वाधिक १.८६ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।

मंगलवार १ सय ९३ कम्पनीको १८ हजार ८ सय ७० पटकको कारोबारमा ५० लाख २४ हजार ५० कित्ता शेयरको खरिद विक्रि हुँदा १ अर्ब २७ करोड १८ लाख २९ हजार ९ सय ९० रुपैयाँ ४२ पैसा बराबरको कारोबार भएको छ ।

मंगलबार कारोबार भएका कम्पनी मध्य १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्य घटेको छ बाँकि १३ कम्पनीको शेयरमूलय भने स्थीर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता