Logo

संजयलाई सहिद घोषणा गर्न माग, निषेधाज्ञा पनि तोडियो



काठमाडौ । बुधवार प्रहरीको गो’ली ला’गि निधन भएका सञ्जय न्यौपानेलाई सहिद घोषणा गर्न माग गरिएको छ । बुधवार भएको आन्दोलनमा प्रहरीले गो’ली च’ला’उँदा घाइेत सञ्जयको उपचारको क्रममा निधन भएको छ । बर्दिबासका सर्वपक्षीय बैठकले यस्तो माग गरेको हो ।

बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ती दिनुपर्ने माग गरेको छ । आन्दोलन द’म’न गर्न आदेश दिनेलाई पनि कारवाही गर्नु पर्ने माग गरिएको छ ।

यस्तै माग पूरा गर्न सरसकारसँग वार्ता गर्ने वार्ता टोलीसमेत गठन भएको छ । कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको हो । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि प्रदर्शनकारीहरुले तोड्दै प्रदर्शन गरेका छन् ।

बर्दिबासमा थप अवस्था विग्रन नदिन भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

तर, स्थानीयवासीले निषेधाज्ञा तोड्न थालेपछि थप सुरक्षाकर्मी बढाइएको छ ।६ वर्षीया गुलबसा खातुन मृ त फेला परेपछि बर्दिबासमा विरोध प्रदर्शन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता