Logo

काठमाडौं उपत्यकामा निःशुल्क गुर्जो वितरण गर्दै राजलवट (फोटोफिचर)



काठमाडौं, ७ कार्तिक । निःशुल्क गुर्जो वितरण गर्दै आएका कमलबहादुर राजलवटले काठमाडौं उपत्यका र काभ्रको बनेपाका विभिन्न ठाउँमा पन्ध्र सय गुर्जोको विरुवा, धुलो र चिया प्याकेट वितरण गरेका छन् । राजलवटले उक्त अवसरमा गुर्जोको महत्व र उपयोगिताबारे पनि प्रकाश पारेका थिए ।


उनकाअनुसार काठमाडौंको शंखपार्कमा १०० गुर्जोको विरुवा रोपन भएको थियो भने बनेपा बसपार्कमा पाँच सय, ललितपुर सुनाकोठीको विभिन्न स्थानमा ८ सय, सिभिल होममा एक सय गुर्जोको बेर्ना वितरण गरिएको थियो । यी सबै ठाउँमा उपस्थितहरुलाई निःशुल्क चियापनि खुवाईएको थियो । र, केही कोरोना संक्रमित परिवार तथा व्यक्तिहरूलाई गुर्जाको विशेष प्याकेटको सेवा प्रदान गरिएको राजलवटले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता