Logo

दैनिक खानुहोस् सख्खर, यस्ता छन् ५ आश्चर्यजनक फाइदा



काठमाडौँ। सख्खर वा गुण एक विशेष प्रकारको मीठो तथा ठोस खानेकुरा हो। सख्खरलाई उखु तथा ताडीको रसबाट बनाइन्छ। यसबाट प्राप्तभएको रसलाई उमालेर सुकाएपछि सख्खर प्राप्त बन्दछ । सख्खरको उपयोग प्राचिनकालदेखि चलिआएको हो। चिसो मौसममा सख्खर सेवन गर्दा मानिसको पाचन प्रणाली मात्र ठीक भई सख्खरले शरीरलाई तातोपनसमेत प्रदान गर्दछ।

जानिराखौं चिसो मौसममा सख्खर खानुको विशेष फाइदाहरु

१. रुघा खोकीबाट बचाउँछः जाडो मौसममा मानिसहरुलाई रुघाखोकी तथा अन्य चिसोमा लाग्ने रोगहरु लाग्ने गर्दछ। सख्खरमा तातोपन बढी हुनुका कारण यसले शरीरको तापक्रम बढाउनुको साथै न्यानोपन प्रदान गर्दछ। त्यसैले जाडो मौसममा दैनिक सख्खरको प्रयोगले चिसोमा लाग्ने भाइरलहरुबाट बचाउन मद्दत गर्दछ।

२. रक्तसंचारलाई बढ़ाउदछः जाडो मौसममा शरीरका रक्तकोशीका संकुचित भएका हुन्छन् र रक्तसंचार धेरै कम भएको हुन्छ। सख्खरको सेवनले शरीरलाई उचित तापक्रम प्रदान गरि रक्तकोशिकाहरु राम्रोसँग खुल्ने र शरीरमा रागतको प्रभाह राम्रो हुनेगर्दछ। साथै, सख्खरको सेवनले रक्तचापलाईसमेत नियन्त्रण गर्दछ।

३. फोक्सोको संक्रमण हुनबाट बचाउँदछः चिसो मौसममा मानिसलाई छिट्टै रुघाखोकी लाग्नुका साथै घाँटी तथा फोक्सोमा संक्रमण हुने गर्दछ। नियमितरुपमा सख्खरको सेवनगर्दा यसले यस्ता संक्रमणबाट बचाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता समेत वृद्धि गर्दछ।

४. पाचन शक्ति बलियो बनाउँदछः सख्खर वा गुणको अनेकौँ फाइदा मध्य एक हो, पाचन प्रणालीलाई बलियो बनाउनु । दैनिक खानपिन गरेपछि थोरै मात्रामा सख्खर खाएमा पाचन सम्बन्धि सम्पूर्ण समस्याहरु हटेर जान्छन।

५. रगतको मात्रालाई नियन्त्रणमा राख्दछः सख्खरमा पाइने म्याग्नेसियमका कारण यसले शरीरको मांसपेशी तथा रक्तकोशिकालाई राहत दिनुका साथै शरीरमा रगतको मात्रालाई समेत नियन्त्रणमा राख्दछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता